दार्चुलामा पनि विप्लव बन्दको प्रभाव

दार्चुला । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शनिबार आह्वान गरेको नेपाल बन्दको प्रभाव दार्चुलामा पनि देखिएको छ।

विप्लवको बन्दको प्रभावले जिल्लामा लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैन्न । भने सार्वजनिक सवारीको सेवा लाई स्कटिङ गरेर भएपनि सवारी साधनलाई गन्तव्य पठाइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भाष्कर चन्दले जानकारी दिनुभयो ।

बन्द घोषणा गरेको पक्षबाट हुनसक्ने गतिविधिलाई ध्यानमा राखेर गएरातिदेखि नै जिल्लाबाट विभिन्न गन्तव्यका लागि छुट्ने र जिल्ला भित्रिने सवारी साधनलाई स्कटिङ गरेर पठाइरहेको प्रहरी निरीक्षक चन्दले जानकारी दिनुभयो ।

विप्लव बन्दलाई मध्यनजर गरि प्रहरीले सूरक्षा व्यवस्था कडा पारेको प्रहरीले जनाएको छ ।

सरकारले गिरफ्तार गरेका आफ्ना नेता कार्यकर्ता रिहाइको माग गर्दै विप्लव नेतृत्वको नेकपाले शनिबार नेपाल बन्दको घोषणा गरेको छ।

विप्लवले पुष २९ गते पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला कञ्चन र ब्युरो सदस्य विवेकलगायत नेता कार्यकर्तालाई बिना कारण पक्राउ गरेको बताउँदै आएको छ।
विप्लवले प्रक्राउ परेका आफ्ना नेता कार्यक्रताको रिहाइको माग गरिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?