जुम्लाको गोठीगाउँमा आगलागीबाट २५ घर जलेर नष्ट

दार्चुला । जुम्लाको तिला गाउँपालिका वडा नम्बर ७ गोठीगाउँमा आगलागीबाट २५ घर जलेर नष्ट भएका छन् ।

हिजो मंगलबार राति ७ बजोबाट सुरु भएको आगलागीमा दुई दर्जन जति पशुचौपाया मरे पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । क्षतिको अन्य विवरण भने आउन बाँकी छ ।

आगलागी भएको ठाउँ जुम्ला सदरमुकामबाट ३५ किलोमिटर टाढा रहेको र त्यहाँ प्रहरी पुग्नसम्म २५ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक भरतसिंह राठोरले जारी गर्नुभएको सूचनामा उल्लेख छ ।

स्थानीय परबहादुर रोकायाका अनुसार सुधारिएको चुलाको पाइपबाट छतमा भएको घासमा आगो सल्केपछि आगलागी भएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?