धनगढीमा प्रधानमन्त्री ओलीविरुद्ध खनिए प्रचण्ड-नेपाल र रावल

दार्चुला । नेपाल कम्युनिष्ट पार्टी (नेकपा-प्रचण्ड माधव समुहका) नेताहरु धनगढीमा आयोजित विरोध सभामा प्रधानमन्त्री केपी सर्मा ओली र मन्त्री लेखराज भट्ट विरुद्ध खनिएका छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखराज भट्ट दलालको पनि दलाल बनेको टिप्पणी गर्नुभएको छ । धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै दाहालले भट्टको नाम नलिएरै आफैले हुर्काएको मान्छे छोप्न नसकिनेगरि गएको बताउनुभयो । उहाँले भट्ट प्रधानमन्त्री केपी ओलीको वरीपरी घुमिरहेको उल्लेख गर्दै भन्नुभयो, ‘केपी ओली दलाल हुन् उनी दलालको पनि दलाल भए।’ विगतमा प्रचण्डका प्रिय पात्र रहेका उद्योग मन्त्री लेखराज भट्टले पार्टी विभाजनपछि केपी ओलीलाई साथ दिनुभएको छ । भट्टलाई आफूले पटक पटक मन्त्री बनाएर कार्यकर्तालाई लेखराज नै नेता भएको बताउने गरेको दाबी समेत अध्यक्ष प्रचण्डले गर्नुभएको छ ।

नेकपा प्रचण्ड–नेपाल समूहका नेता एंव पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण निर्मला पन्तले न्याय नपाएको आरोप लगाउनुभएको छ । निर्मला पन्तको बलात्कारी तथा हत्यारालाई कारवाही गर्न आफुहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पटक–पटक भनेको तर उनले सुन्न नचाहेको आरोप लगाउनुभयो । प्रधानमन्त्री ओली अहंकारको घोडामा सवार नेपालको कुसन्तान रहेको बताउँदै नेता नेपालले अंहकारकै कारण ओलि समाप्त हुने दाबी गर्नुभयो ।

नेकपा सुदूरपश्चिम प्रदेश कमिटी इन्चार्ज भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बालुवाटारमा बस्ने केटो’ को संज्ञा दिनुभएको छ । केही समयअघि प्रधानमन्त्री केपी ओलीले सुदुरपश्चिममा आएरु भाषण गर्दै रावललाई ‘केटो’ भनेको विषयलाई लिएर उहाँले जवाफ फर्काउनुभएको हो । प्रचण्ड माधव समूहको धनगढीमा आयोजित विरोध सभामा बोल्दै रावलले भन्न्भयो, ‘यो खुलामञ्चको आँगनमा र घरमरमा प्रत्यक्ष प्रशारण सुनिरहेका जनताको तर्फबाट भन्छु यो केटोले निरंकुशताको विरुद्धमा, केपी ओलीको कर्तुतविरुद्धमा हाम्रा दुई अध्यक्षको नेतृत्वमा जनतालाई जुरुक्क उचालेको छ, बालुवाटारमा बस्ने केपी ओली केटोले सुन्नुस ।’ रावलले प्रधानमन्त्रीलाई ‘भगुवा’ को संज्ञा पनि दिनुभएको छ ।

यो पनि पढ्नुहोस : निरंकुशताविरुद्ध लडेको मान्छे स्वाभिमानको पक्षमा : प्रधानमन्त्री

unn.prixa.net

 

No description available.

यो पनि पढ्नुहोस : निरंकुशताविरुद्ध लडेको मान्छे स्वाभिमानको पक्षमा : प्रधानमन्त्री

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?