विप्लवलाई ‘फकाउने’ प्रधानमन्त्री ओलीको रणनीति

दार्चुला । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएको आउँदो फागुन २८ गते दुई वर्ष पुग्दैछ । प्रतिबन्धयताको अवधिमा सरकार र चन्द समूह दुवै एक–अर्काविरुद्ध आक्रामक देखिँदै आएका छन् ।

तर उसलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन न सरकारले देखिने गरी पहल गरेको छ न चन्द समूहले हिंसात्मक गतिविधि त्यागेको छ । दुवै पक्ष वार्ताका लागि तयार भएको दाबी गर्छन् तर त्यसअनुसार प्रयास भने हुनसकेको छैन ।

तर, चुनाव घोषणा भएपछि प्रधानमन्त्री केपी ओलीले चन्द समूहमाथि लागेको प्रतिबन्ध फुकुवा गर्ने र त्यसका लागि वार्ता गर्न सक्ने गाइँगुइँ चल्न थालेको छ । विश्वस्त उच्च सरकारी सुत्रका अनुसार चन्द समूहलाई चुनावअघि नै वार्तामा ल्याउन प्रधानमन्त्री ओली सक्रिय छन् तर यसलाई पुष्टि गर्न सरकारी अधिकारीहरु औपचारिक रुपमा बोल्न चाहँदैनन् ।

चन्दसहितको वाम रणनीतिक मोर्चाबन्दीको सहमति गर्नेमध्येका एक तथा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक विश्वभक्त दुलाल (आहुती) ले चुनावमा दाहाल–नेपाल समूहविरुद्ध प्रयोग गर्न प्रधानमन्त्री ओलीले चन्द समूहमाथि लागेको प्रतिबन्ध फुकुवा गर्न सक्ने सम्भावना रहेको औँल्याए ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?