पैसा दिएर आमाबुवाले गराए आफ्नै छोरीको हत्या

दार्चुला । एक युवकसँग प्रेम सम्बन्ध रहेको र सोही युवकसँग भागेर गए इज्जत जाने डरका कारण आमा बुवाले सुपारी दिएर आफ्नै छोरीको हत्या गराएको खुलेको छ।

रौतहटको माधव नारायण नगरपालिका ७ लौकाहा बस्ने किशोरीको बुवा रामअयोध्या साह तेली, रौतहट परोहा नगरपालिका ४ बस्ने अमृताका भिनाजु छोटेलाल साह, देवाही गोनाही नगरपालिका २ लक्ष्मिनीया करुनियाका शेख अलियास, बहुदल भन्ने ईस्लाम अंसारी, शेख ईम्ताज, कैमुल देवान पुर्पक्षका लागि जेल चलान भएको रौतहटका प्रहरीले जनाएको छ।

मृतक किशोरीको बुवा सहित ६ जनालाइ अदालतले जेल चलान गरेको तथा मृतक किशोरीकी आमा सीता देवीलाई १ लाख धरौटीमा छाड्न आदेश दिएको प्रवक्ता भरत श्रेष्ठले जानकारी दिनुभयो ।

गत कार्तिक २६ गते माइतीघरमा आमासँग सुतिरहेको अवस्थामा १७ वर्षीया अमृता कुमारी साहलाई कन्चटमा गोली हानिएको थियो।

सोही घटनाको बारेमा अनुसन्धान गर्दै जाँदा प्रहरीले इज्जत जाने डरले अमृताकै बुवाआमाले रकम दिएर हत्या गराएको खुलेको थियो।

मृतक अमृताको आफ्नै टोलका एक युवकसँग प्रेम सम्बन्ध रहेको तथा सोही युवकसँग अमृता भागेर गए इज्जत जाने डरका कारण आमा बुवाले सुपारी दिएर उहाँको हत्या गराएको प्रहरीले बताएको थियो।

गत वर्ष फागुनमा सर्लाहीको विष्णु गाउँपालिका–३ का रुपेश साहसँग मागी विवाह भए पनि अम्रिता माइतीघरमै बस्दै आएकी थिइन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?