सुदूरपश्चिममा मध्यावधि निर्वाचनको प्रारम्भिक तयारी अन्तिम चरणमा

दार्चुला । सरकारले प्रतिनिधि सभा विघटन गरे सँगै घोषणा गरिएको मध्यावधिक निर्वाचनको प्रारम्भिक तयारी अन्तिम चरणमा पुगेको छ।

निर्वाचन आयोगले निर्वाचन कार्य तालिका सार्वजनिक सँगै तयारीलाई जिल्लागत रुपमा पनि तीव्र पारिएको छ। हालसम्म सुदूरपश्चिम प्रदेशमा निर्वाचनका प्रारम्भिक तयारी अन्तिम चरणमा पुगेको बताइएको हो।

प्रदेशको अस्थायी राजधानी समेत रहेको कैलालीमा जिल्ला निर्वाचन कार्यालयले तयारी तीव्र पारेको प्रमुख निर्वाचन अधिकारी प्रेमराज भट्टले जानकारी दिनुभयो।

मतदाता नामावली अध्याधिक गर्ने कार्य अन्तिम चरणमा रहेको र मतदान स्थल टुंगो लागेको बताउँदै निर्वाचन अधिकारी भट्टले हाल प्रारम्भिक तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो।

निर्वाचन कार्यतालिका अनुसार माघ १५ गते सूचना तथा मतदाता नामावली प्रकाशन गर्ने, १६ र १७ गते प्रकाशित मतदाता नामावलीको त्रुटी सच्याउन सम्बन्धित सहायक नाम दर्ता अधिकारीको कार्यालयमा निवेदन दिने कार्यक्रम रहेको थियो।

माघ १६, १७ र १८ गते एक भन्दा बढी स्थानमा मतदाता नामवली भएकाहरुले एउटै स्थानमा कायम गर्न निवेदन दिन सक्ने, मतदाता नामावलीबाट मृत्यु भएका वा नागरिकता त्यागेकाहरुको नाम हटाउन सूचना दिने, १८ र १९ गते उजुरी परेका मतदातालाई सफाइको मौका दिने कार्यतालिका तय गरिएको थियो।

तर हालसम्म मतदाता नामावलीबारे उजुरी नपरेकोले मृत्युभएकाहरुको नाम हटाउने र त्रुटि सच्याएर आयोगलाई नामावली प्रकाशनको लागि पठाउने बताइएको छ।

फागुन २ गतेभित्र मतदाता अद्यवधिक सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरेर निर्वाचन आयोगलाई अन्तिम नामावली प्रकाशनको लागि पठाइने बताइएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?