केपी ओलीले जे–जे गर्छन्, खुरुखुरु मानेर तमासा हेरेर बस्दैनौँ : नेता नेपाल

दार्चुला । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदममा आफूहरू तमासे नबन्ने चेतावनी दिनुभयो ।

काठमाण्डौमा शुक्रबार बिहान पत्रकारसँगको छलफलमा नेता नेपालले कानुन र विधिको शासन कायम राख्न राज्य कब्जामा लिने ओलीको कदमविरुद्ध सशक्त आन्दोलन गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘केपी ओलीले जे–जे गर्छन्, खुरु–खुरु मानेर तमासा हेरेर बस्ने वाला छैनौँ । यो सबै स्थितिको सिर्जना गर्ने कारक तत्त्व भनेको केपी ओलीजी नै हो । ओलीले पार्टीबाट सुरु गरेर राज्यलाई आफ्नो कब्जामा पार्ने कोसिस गर्न थालेका छन् । यो पनि गरे र यो सिङ्गो देशको प्रजातन्त्रको घाँटी निमोठ्दै–निमोठ्दै गइरहेका छन् । त्यसैले यो नेकपाभित्रको मात्रै आन्तरिक मामिला होइन । देश, लोकतन्त्र, संविधान, विधि र कानुनी शासनको कुरा हो ।’

संसदीय सुनुवाइ विना नै संवैधानिक निकायका पदाधिकारी नियुक्त गर्ने निर्णयविरुद्ध बिहीवार देशव्यापी आम हड्ताल गरेको प्रचण्ड–माधव समूहले आन्दोलनका कारण सर्वसाधरण परेको समस्याप्रति क्षमा माग्दै सफल पार्न सहयोग गरेकोमा उहाँले धन्यवाद पनि दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?