२१ माघ २०७६ काठमाडौं ,
हाइ स्पिड सम्बाददाता |
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सांसद बहादुरसिंह लामाले नुवाकोटका दुई वटा विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गरेका छन् ।
कांग्रेस नेता लामाले गृहजिल्ला नुवाकोटको सूर्यगढी गाउँपालिका वडा नम्बर २ स्थित शिलाकन्या देवी आधारभूत विद्यालय र जनहित प्राथमिक विद्यालय बोहोरे भञ्ज्याङका विद्यार्थीलाई निःशुल्क पोशाक वितरण गरेका हुन् ।
नेपाली कांग्रेसका सांसद लामाको आर्थिक सहयोगमा शिलाकन्या देवी आधारभूत विद्यालयका २ सय ९ र जनहित प्राथमिक विद्यालय बोहोरे भञ्ज्याङका ६० विद्यार्थीलाई पोशाक बितरण गरिएको प्रेस नोटमा उल्लेख छ ।
विद्यालयको वार्षिकोत्सव समारोहको अवसरमा पोशाक वितरण गरिएको हो ।
नेपाली कांग्रेसका नेता लामाले जिल्लामा सामाजिक कार्यहरूमा आफूलाई सक्रिय बनाउँदै आएका छन् । उनले यसअघि पनि थुप्रै सामाजिक कार्यहरूमा सहयोग गर्दै आएका छन् ।
नेता लामाको सामाजिक कार्यहरूबाट विरोधी कम्युनिस्टहरूलाई टाउको दुखाइ भएको छ । बेलाबेला नेता लामालाई कम्युनिस्टहरूले विवादमा तान्ने प्रयास गर्ने गरेका छन् ।
ती विवादहरूमा नेता लामाले ध्यान नदिएर जिल्लाका जनताको सेवामा आफूलाई समर्पित गर्दै आएका छन् ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।