
काठमाण्डौ । सरकारले कोभिड १९ का कारण पठनपाठनमा उत्पन्न भएको अवरोधलाई दृष्टिगत गरी भर्चुअल कक्षा सञ्चालन, अनलाइन शिक्षा तथा टेलिभिजन र रेडियोबाट नयाँ शैक्षिक सत्रको पठनपाठन अघि बढाउने भएको छ ।
बजेटमा संक्रमणका कारण विद्यार्थीमा परेको मनोसामाजिक असर कम गर्न सकारात्मक सोचसहित सृजनशील विकासका कार्यक्रम संचालन गर्ने उल्लेख छ ।
आउँदो आर्थिक वर्षमा एक हजार ८ सय विद्यालय भवन, ३८ आङ्गिक क्याम्पस पुनर्निर्माण हुने पनि सरकारले जनाएको छ ।
अनलाइनले पनि विज्ञापन पाउने
सरकारले अगामी वर्षसम्म फाइबर टु होमबाट सबै स्थानमा इन्टरनेट पु¥याउने र आगामी वर्ष देशभरी फोर जी सेवा पु¥याइने बताइएको छ ।
सबै प्रदेशमा सञ्चारग्राम र नेपाल टेलिभिजनलाई अन्तराष्ट्रिय स्तरमा पु¥याउने अर्थमन्त्री खतिवडाले बजेटमा सार्वजनिक गर्नुभएको छ । उहाँले पत्रकार बिमालाई निरन्तरता दिने बताउनुभएको छ ।
अनलाइनबाट समेत लोककल्याणकारी विज्ञापन प्रकाशन तथा प्रसारण गरिने भएको छ ।
प्रत्येक प्रदेशमा चलचित्र छायाङ्कन गर्ने र चलचित्र विकास बाेर्डलाई भवन निर्माणका लागि रकमको व्यवस्था गरिएको उहाँले बजेट भाषणमा उल्लेख गर्नुभएको हो ।
याे पनि पढ्नुहाेस :आर्थिक वर्ष २०७७/७८ काे बजेटको पूर्णपाठ

पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।