
दार्चुला । सुदूरपश्चिममा आज एकैदिन थप २७ जनामा कोरोना पुष्टि भएको छ।
धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा १८ र सुर्खेतको प्रयोगशालामा ९ जना गरी २७ जनामा कोरोना पुष्टि भएको हो।
योसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या ७३ पुगेको छ।
धनगढीमा गरिएको परीक्षणमा कैलालीका १० र कञ्चनपुरका ८ जनामा कोरोना पुष्टि भएको हो।
कैलालीको टीकापुर नगरपालिकाको कर्णाली मावि क्वारेन्टिमा रहेका २०, ३५ र ६३ बर्षीय पुरुष र १८ बर्षीय युवतीमा कोरोना पुष्टि भएको छ।धनगढी उप–महानगरपालिका वडा नम्वर ३ को त्रिभुवन माविको क्वारेन्टिमा रहेका ३२ बर्षीय पुरुष, गौरीगंगा नगरपालिकाको कालिका माविको क्वारेन्टिमा रहेका १९, २०, २४, २८ र ३२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।
यस्तै कञ्चनपुरको पुनरवास नगरपालिकाका ३३, ३५, ३६ र ५२ बर्षीय पुरुष, लालझाडी गाउँपालिकाका ३३ बर्षीय पुरुष, कञ्चनपुरको आईविआरडीमा रहेको क्वारेन्टिनमा रहेका २८ र ३० बर्षीय पुरुष र महाकाली अस्पतालमा रहेका ५० बर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
सुर्खेतमा गरीएको परीक्षणमा अछामको मेल्लेख गाउँपालिकाका दुई महिला सहित ८ जना र मंगलसैन नगरपालिकाका एक जना गरी नौँ जनामा कोरोना पुष्टि भएको छ ।
सुदूरपश्चिमका ७३ जना संक्रमित मध्ये ७१ जना प्रदेशभित्रै रहेका छन् भने एक जना बझाङ र एक जना बाजुराका संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भईरहेको छ।
एक जना संक्रमितको मृत्यु भईसकेको छ भने ६ जना प्रदेशभित्रबाटै डिस्चार्ज भईसकेका छन्।
सबैभन्दा बढि कैलालीका ३३ जना, अछामका १३, कञ्चनपुरमा १०, बैतडीका ६, डोटीका पाँच, बाजुराका तीन, डडेल्धुरा, बझाङ र दार्चुलाका एक÷एक जनामा कोरोना पुष्टि भएको छ।
याे पनि पढ्नुहाेस् : २८८ संक्रमित थपिएसंगै नेपालमा काेराेना संक्रमितकाे सङ्ख्या २०९९ पुग्यो https://lokdarpantv.com/2020/06/02/819/

पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।