कविता : एउटा नक्षत्र

तिमीलाई लाग्छ होला

तिमी आउनु संयोग मात्रै थियो

तर मैले त बाटो हेरेको थिए

युगौ युगदेखि अनवरत

किनकि म अन्धकारमा थिए

खोजी थियो एउटा पिण्डको

जो आफूलाई नजलाई

मलाई प्रकाश दिन सकोस ।

‍******** ******** ******

मेरो मझेरीको अँध्यारो हटाउन

कत्तिले मलाई दियो बाल्न सुझाए

कसैले मैनबत्ती ल्याएर दिए

तर मेरो स्वार्थका लागि

चाहन्न थे कसैको अस्तित्व मेटाउन

म जुनतारा जस्तै जीवन्त

पिण्डको खोजीमा थिए ।

******* ****** ********

अन्धकारमै रुमल्लिएको बेला

तेजिलो प्रकाश देखे आगनमा

त्यो चन्द्र सुर्य जुनकीरीको नभएर

एउटा नक्षत्रको थियो

जो मेरो बस्तिमा मेरै लागि

मात्रै उदाएको थियो

धन्यवाद दिए मभित्रको ईश्वरलाई

जस्ले मेरो पुकार सुनिदियो

र तिमीलाई पठाई दियो

मेरो जीन्दगी उज्यालो पार्न ।।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?