प्रधानमन्त्री ओलीको गीत ‘बन्छ नमूना नेपाल’ (भिडियो सहित)

दार्चुला । तेह्रौं गणतन्त्र दिवसको अवसर पारेर प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीद्वारा रचित नयाँ गीत ‘बन्छ नमूना नेपाल’ सार्वजनिक भएको छ ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवम् सङ्गीत विभाग प्रमुख तथा सङ्गीतकार प्राज्ञ अशोक राईले ओलीको उक्त गीतमा सङ्गीत भरेका छन्।

देशप्रेम, देश विकास र समृद्धिको सपना झल्किने उक्त गीत लोकप्रिय युवा गायक सञ्जय तुम्रोक र गायिकाद्वय दुर्गा परियार र श्रेयसी चेम्जोङको स्वर दिएका छन् ।

‘स्वदेशमै रोजगारी स्वेशमै बास, रोजिँदैन प्रवास अब गर्ने देश विकास, खेर जान्नन् नदी नाला, बाँझा हुन्नन् डाँडापाखा, यो उर्वर सुन्दर देश’ बोलको गीत केपी ओलीले हालै दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराउन त्रिभुवन शिक्षण अस्पतालमा बस्दा रचना गर्नुभएकाे हाे ।

शब्द, सङ्गीत, गायन र दृश्यको संयोजन रहेको उक्त गीत सङ्गीतकार राईको साङ्गीतिक समूह अन्तराको युट्यूव च्यानलमार्फत् सार्वजनिक गरिएको छ ।

वाङ्मयका विविध विधा साहित्य, कला, संस्कृति, सङ्गीत, इतिहास, दर्शन, सामाजिक शास्त्रलगायतका अनेकौँ विषयमा गहिरो अभिरूचि र ज्ञान राख्ने केपी शर्मा ओली विद्यार्थी जीवनदेखि नै प्रगतिशीलभावका कविता लेख्दै अाउनुभएकाे छ ।

ओलीका कविता तथा गीत प्रकाशित छन् । विदेसिएका जनशक्तिलाई स्वदेशमै फर्काएर यहीँ रोजगारी सृजना गरी देशविकासमा लगाउने भावधाराको यस गीतमा ओलीको देश विकास र समृद्धिप्रतिको सुन्दर सपना र सङ्कल्प दर्शाइएको छ।

भिडियाे हेर्नुहाेस् https://www.youtube.com/watch?v=ZPPPZp93yz8&feature=emb_title  

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?