१. रोएको छ जाजरकोट हेलो नेपाल सरकार,
न्याय पाउने आधार बन, हेलो नेपाल सरकार ।
दुई दिन बरु किन नहोस शासन सत्ता हातमा,
गरीबको नि आवाज सुन, हेलो नेपाल सरकार ।।

 

२. मान्छेले मान्छेलाई मार्न थाले फेरी,
कानुनलाइ हातमा ल्याउन थाले फेरी ।
सोचेकी थे गरिब को नी दिन आयो भनी,
तर यहाँ दादागिरी चल्न थाल्यो फेरी ।।

 

३. कतै हत्या कतै हिंसा कतै बलत्कार,
हुन थाले बुवैबाट छोरी बलत्कार ।
अपाङग बालिका अनि आमा बुहारी,
खुलेयाम हुन थाले यहाँ बलत्कार ।।

 

४. काम धन्दा गर्नै पर्छ गाँउमा बसेपछि,
जीवनशैलि फेर्नै पर्छ गाँउमा बसेपछि ।
रितीथिती भेषभुषा, अनि भाषाशैली,
सबै कुरा हेर्नै पर्छ गाउँमा बसेपछि ।।

 

५. बोल्यो भने तिमिसंग दिल बस्ने डर,
नबोलु त मैले कान्छा पर्ने कसको भर ।
दिन पनि ढल्दैछन आजभन्दा भोली,
बन्ने हो की यो ज्यान कतै सुकेको खर ।

(विगत सात वर्षदेखि रेडियो पत्रकारिता गरिरहेकी सञ्चारकर्मी तथा मुक्तककार लक्ष्मी भाट हाल रेडियो लोकदर्पण ९४.६ मेगाहर्ज  (www.lokdarpantv.com) दार्चुलामा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?