
दार्चुला । नेपाली काग्रेशका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य दिलेन्द्र प्रसाद बडूले मुलुक संघियतामा जानुभन्दा पहिले नेपाल सरकारले निर्माण थालेका अधिकासं सडकहरु अलपत्र परेको भन्दै सरकारको ध्यानआकर्षण गराउनुभएको छ ।
दार्चुला सहित देशभरीका महत्तपुर्ण सडकहरु निर्माणसम्पन्न नहुदै प्रदेश र स्थानीय तहलाइ हस्तान्तरण गर्ने वाहानामा अलपत्र पारिएको सासंद बडूको भनाइ छ । निर्माण सम्पन्न नभएका सडकहरुमा प्रयाप्त बजेट छुट्याएर निर्माण सम्पन्न गरिसकेपछि मात्रै प्रदेश वा स्थानीय तहलाइ हस्तान्तरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
विगतमा नेपाल सरकारले निर्माण थालेर अहिले प्रदेश र स्थानीय तहकाे जिम्मा आएका दार्चुलाको देथला—खार—खलंगा सडक, ऐरीछना—रिठाचौपाता—धनथला सडक, उकु—लाली—सेरा सडक, दल्लेखधार देखि एयरकोट हुदै नागु—सिना सडक, दल्लेखधार—झुस्कु—बाज—गल्फै सडक, आगर—सेतकला—रानीशिखर—देथला सडक र तिमुरपाटा—तुसराडी—बनानी—हुती—धौलाकोट सडकमा प्रयाप्त बजेट विनियोजन गरेर निर्माण सम्पन्न गर्न सरकारको ध्यानआकर्षण गराउनुभएको छ । केन्द्र सरकारले दुइ लेनका ठूला सडक मात्रै हेर्ने गरेर क्षेत्रीय सडकहरुलाइ प्रदेश र स्थानीय सरकारकाे जिम्मा दिइसकेकाे छ ।
लिम्पियाधुरा, लिपुलेक र कालापानी जाने रणनीतिक महत्तको दार्चुला—तिकंर सडकलाइ महाकाली कोरिडोरमा गाभेपछि छायामा परेको भन्दै तिकंर सडकमा प्रयाप्त बजेट विनियोजन गरेर निर्माण गर्न अनुरोध गर्नुभएको छ । लेकम लगायत सुख्खा क्षेत्रमा खानेपानीका योजना लागु गर्न उहाँको माग छ ।
सासंद बडूले दार्चुलामा खेलकुद मन्त्रालयबाट कुनै योजना नपरेकाे प्रति असन्तुष्टी जनाउनुभएको छ । २०७० सालको बाढीले बगाएको खलंगाको कवर्डहल मर्मत गर्नुपर्ने र मार्मा, शैल्यशिखर र लेकम क्षेत्रमा एउटा कवर्डहल निर्माणका लागि बजेट विनियोजन गर्नुपर्ने सासंद बडूको भनाइ छ ।
नेपालका ७७ जिल्लाभित्र दार्चुला पनि पर्ने कुरालाइ खेलकुद मन्त्रालयले हेक्का नराखेको भन्दै सासंद बडूले आपत्ति जनाउनुभयो ।
सरकारले गरेको खर्च कटौतीलाइ भने सासंद बडूले राम्रो काम भन्दै समर्थन गर्नुभएको छ ।
याे पनि पढ्नुहाेस् : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट दार्चुलामा दर्जनबढी योजना https://lokdarpantv.com/2020/06/04/943/
गोकुलेश्वर विमानस्थल निर्माण गर्न एक करोड बजेट, दार्चुलामा पर्यटन मन्त्रालयका ८ कार्यक्रम https://lokdarpantv.com/2020/06/03/901/
खलंगा खानेपानी तथा सरसफाईमा २० करोड, कुँणी कुसकाँडाका लागि ४ करोड बजेट https://lokdarpantv.com/2020/06/05/953/
दार्चुलामा शहरी विकास मन्त्रालयबाट ६ सडकमा १ करोड ६० लाख बजेट https://lokdarpantv.com/2020/06/03/909/

पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।