
दार्चुला । दार्चुलासहित देशैभर अज्ञात किराले अन्नबालि नष्ट गरिरहेका खबरहरू आइरहेका बेला दार्चुलाको नौगाड गाउँपालिकामा पनि फेद काट्ने किराको प्रकोप बढेको छ।
गाउँपालिकाको वडा नम्बर ५ का किसानहरूले आफ्नो खेतमा लगाएको मकैबाली फेद काट्ने किराले नष्ट गर्दा २५० भन्दा बढी परिवार समस्यामा परेको किसान प्रतापसिंह धामीले लोकदर्पण टीभी अनलाइनलाई जानकारी दिनुभयो।
“खेतमा लगाएको मकैबाली एक महिनादेखि फेद काट्ने किराले नष्ट गरिरहेको छ” उहाले भन्नुभयो, ” फाैजी किराको जस्तै लक्षण देखिने सो किराका कारण खेतमा दोश्रोपटक मकै लाउन बाध्य छौ।” धामीले बताउनुभयो ।
याे पनि पढ्नुहाेस : दार्चुला र बैतडीमा फौजीकिराको प्रकोपले किसान चिन्तित
https://lokdarpantv.com/2020/06/03/864/

पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।