
दार्चुला । दार्चुलाका पहिलो कोरोना संक्रमित महाकाली नगरपालिका—६ का २१ वर्षीय युवक कोरोना जितेर घर फर्किनुभएको छ ।
भारतबाट मजदुरी गरि फर्किएका ती युवकमा महेन्द्र नमुना माबि खलंगाको क्वारेन्टाइनमा रहेका बेला धनगढीस्थित प्रयोगशालामा पिसिआर विधिबाट कोरोना पोजेटिभ देखिएपछि जिल्ला अस्पताल दार्चुलाको आइसोलेसनमा भर्ना गरिएको थियो । जेठ ८ गते संकलन गरिएको थ्रोट स्वाबको नमुना पोजेटिभ देखिएपनि त्यसपछि दुई पटक लगातार थ्रोट स्वाबको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि युवकलाइ मंगलबार अस्पतालबाट डिचार्ज गरी घर पठाइएको छ ।
कोरोना जित्न सफल भएका युवालाइ फुल उपहार दिएर विदाई गरिएको अस्पतालले जनाएको छ ।
सोमबार गरीएको परीक्षणमा १० जनामा कोरोना पोजेटिभ देखिएपछि उनिहरुलाइ आइसोलेसनमा राखिएको छ ।
शैल्यशिखर नगरपालिकाका ८ जना, महाकाली नगरपालिका र लेकम गाउँपालिकाका एक÷एक जना गरी दार्चुलाका १० जना पुरुषलाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।
सोमबार कोरोना पोजेटिभ देखिएका महाकाली नगरपालिकाका पुरुषलाइ जिल्ला अस्पताल दार्चुलाको आइसोलेसनमा भर्ना गरीएको छ ।
दार्चुलामा साेमबार काेराेना संक्रमण पुष्टी भएका १० जना र अारडिटी पाेजेटिभ देखिएका २० जना गरी ३० जनाकाे सम्बन्धित स्थानीय तहका आइसोलेसन कक्षहरुमा भर्ना गरी उपचार भइरहेकाे छ ।
याे पनि पढ्नुहाेस : दार्चुलाका ११ जनाको पिसिआर र २० जनाको आरडिटी पोजेटिभ https://lokdarpantv.com/2020/06/08/1129/

विगत १० बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।