दार्चुला । दार्चुला जिल्लामा भारतबाट आएका नागरिकहरुमा दिन प्रतिदिन आरडिटी रिपोर्ट पोजेटिभ आउन थालेपछि पिसिआर मेसीन गरिद गर्ने विषयमा स्थानीय तहहरु छलफल गरिरहेका छन् । आरडिटी पोजेटिभ देखिएकाहरुको समेत समयमै पिसिआर परीक्षण नहुने अवस्था आएपछि पिसिआर मेसीन खरिद गर्ने विषयमा सहकार्यको प्रयास भइरहेको हो ।

बुधबार जिल्ला विपद व्यवस्थापन समितिको आकस्मीक बैठकले पिसिआर मेसीन खरिद गर्ने र कोरोना रोकथामका लागि थप सशक्त ढंगले गतिविधि सञ्चालन गर्ने विषयमा छलफल गरेको छ । दार्चुलाका नौ वटै स्थानीय तहका प्रमुखहरु सहित बैठक आह्वान गरिएपनि आज ५ वटा स्थानीय तह प्रमुख मात्रै उपस्थित भएकोले निर्णय भने हुन सकेन । बाकी स्थानीय तहका प्रमुखहरुले बिहिबार उपस्थित हुने बताएपछि भोली बिहान फेरी बैठक बोलाइएको बैठकमा सहभागि अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्दसिह मन्यालले जानकारी दिनुभयो ।

सुदूरपश्चिमका अरु केहि जिल्लाहरुमा समेत स्थानीय तहहरुको लगानीमा पिसिआर मेसीन गरिद गर्ने निर्णय भइसकेको अवस्थामा भोली सबै स्थानीय तह प्रमुखहरुको उपस्थितिमा पिसिआर मेसीन खरिद गर्ने निर्णय हुनसक्ने उहाँले बताउनुभयो ।

कोरोना परीक्षणका लागि पिसिआर मेसीन खरीद गर्नुपर्ने र कोरोना रोकथाम तथा नियन्त्रणका लागि जनचेतना अभिबृद्धि गर्दै व्यवहार परिवर्तनको पक्षमा कार्यक्रमहरु केन्द्रित गर्नुपर्ने उहाँको भनाइ छ ।

दार्चुलामा १२ जनाको पिसिआर र ५० जनाको आरडिटी पोजेटिभ

प्रतिक्रिया

सम्बन्धित खवर

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?