
दार्चुला । कैलालीकी एक महिलामा मृत्युपछि कोरोना पुष्टि भएको छ। नेपालगंज मेडिकल कलेजमा उपचारत कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बवर २ की ४३ बर्षीया महिलामा मृत्युपछि कोरोना पुष्टि भएको हो।
टाउकोमा चोट लागेकी उनलाई ३१ गते नेपालगंज मेडिकल कलेज कोहलपुर लगिएकोमा मंगलवार मृत्यु भएको थियो। मृत्युपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएकाे छ ।
यसअघि कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ बर्षीया महिला र वाजुराको वुढीगंगा नगरपालिकाको दुई बर्षीया वालिकको मृत्यु भएको थियो। तीनै जनाको मृत्यु भएपछि मात्रै कोरोना पुष्टि भएको छ।
यसैबिच शनिवार पुष्टि भएका कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ४ का ४६ बर्षीय संक्रमित पुरूषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ।
स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रादेशिक अस्पतालले आईसियूमा राखेर उपचार भईरहेकोमा आज साँझ उनको मृत्यु भएको सेती प्रादेशिक अस्पताल स्रोतले जनाएको छ।
उनको हिजो रातिदेखि स्वास्थ्य अवस्था बिग्रिएको थियो। हिजोदेखि नै उपचारका लागि काठमाडौँ लैजान एयर एम्बुलेन्सका लागि पहल भएपनि एयर एम्बुलेन्स पाईएको थिएन्।
यसअघि उहाँको नवजिवन अस्पतालको आइसोलेसनमा उपचार हुँदा कोरोना पुष्टि भएको थियो।
यो संगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको सङख्या ४ पुगेको छ।
सुदूरपश्चिममा थप ३२ जनामा कोरोना पुष्टि
सुदूरपश्चिममा आज ३२ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा ३१ र काठमाडौँमा भएको परीक्षणमा एक गरी थप ३२ जनामा कोरोना पुष्टि भएको हो।
कैलालीका २१, डोटीका पाँच, कञ्चनपुर, बझाङ र अछामका दुई/दुई जनामा कोरोना पुष्टि भएको हो।
यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या तीन सय ७९ पुगेको छ।
अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक सय २४ जना, कञ्चनपुरमा ७५, डडेल्धुरामा ३९, डोटीका ४२, बैतडीमा २७, अछामका २२, बाजुराका २१, बझाङमा १६ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ।
पुष्टि भएका तीन जनाको मृत्यु भईसकेको छ भने ७४ जना निको भएर घर फर्किसकेका छन्।
यसैबिच नेपालमा थप ५८६ जना सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या सात हजार १७७ पुगेको बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।
याे पनि पढ्नुहाेस
दार्चुलामा ३४ सयको परीक्षण, ९० जनाको आरडिटी पोजेटिभ, २२८ काे स्वाब धनगढी पठाइयो

पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।