प्रधानसेनापति र महानिरिक्षकद्वारा दार्चुलाको उत्तरी क्षेत्र अनुगमन

दार्चुला । प्रधानसेतापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बुधबार दार्चुलाको उत्तरी ब्यास क्षेत्रको निरीक्षण गर्नुभएकाे छ। भारतले नेपाली भूमि लिम्पियाधुरा कालापानी र लिपुलेक अतिक्रमण गरेर सडक उद्घाटन गरेको एक महिना भन्दा बढी समयपछि सेना र सीमा सुरक्षा गर्ने निकायका प्रमुखहरुले ब्यास क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएकाे हाे ।

नेपाली सेनाको हेलिकप्टरमार्फत् बुधबार बिहान दार्चुला पुगेका प्रधानसेनापति र सशस्त्रका आईजीपीले वैशाख ३१ गते ब्यास गाउँपालिका १ छाङ्रुमा स्थापना गरिएको सशस्त्र प्रहरीको बिओपी र नेपाली सेनाले निर्माण गरिरहेको ब्यास गाउँपालिका २ घाटीबगडको गोरेटो बाटोको अनुगमन निरिक्षण गरेको सुरक्षा निकायहरुले बताएका छन् ।

सेनाले नेपालको बाटो भएर ब्याास क्षेत्र जानका लागि घाटीबगड क्षेत्रमा गोरेटो बाटो निर्माण गरिरहेको छ । त्रिदेशीय सीमा क्षेत्र ब्यास जोड्ने बाटो जेठ ९ गतेबाट निर्माण कार्य सुरु गरिएको हो । एक सय २० मिटर बाटोको ट्रयाक खोलिएको दुर्गादल गुल्म दार्चुलाका गुल्मपति श्यामराजा थापाले बताउनुभयाे ।

घाटीबगडदेखि मौर्‍याभिरसम्मको साढे चार सय मिटर उक्त पैदल बाटो असार मसान्तसम्ममा निर्माण गरि सक्ने जिम्मेबारी सेनाले पाएको थियो ।प्रधानसेनापति थापाले निर्माण कार्यस्थल पुगेर निर्माणमा सावधानी अपनाएर काम गर्न सेनाको विकास निर्माण कार्यदललाई निर्देशन दिनुभयाे । दुवै सुरक्षा प्रमुखले सीमा सुरक्षा र सीमाको अवस्थाबारे प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा प्रमुखसँग छलफल गर्नुभएकाे थियाे ।

बिओपी अनुगमन गरी खलंगा फर्केका महानिरिक्षक खनालले छाङ्गरुका स्थानीयले बिओपी स्थापनापछि सुरक्षित महसुस गरेको प्रतिक्रिया दिएको बताउनुभयाे । खनालले दार्चुलालाई सुरक्षा दृष्टिकोणले पहिलो प्राथमिकतामा राखेर सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी क्रियाशील रहेको पनि बताउनुभयाे।

दार्चुला सदरमुकाम खलंगामा निर्माण भएको सशस्त्र प्रहरीको नम्बर ५० गुल्मको भवनको उद्घाटन पनि गर्नुभयाे । उहाँले यो गुल्मलाई गण र छाङ्गरुको बिओपीलाई गुल्म बनाउने योजना रहेको पनि बताउनुभयाे ।

व्यास गाउँपालिका १ छांगरु गागामा रहेको सशस्त्र प्रहरीको बीओपी निरीक्षण गरेर फर्किएपछि खलंगामा भवनको उद्घाटन गरेका हुन्। भवनको उद्घघाट गर्दै खनालले सीमा सुरक्षाको लागि सशस्त्र प्रहरी जिल्लामा क्रियाशिल रहेको बताउनुभयाे। सीमित स्रोत साधनका बीचमा सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका उहाँकाे भनाइ छ ।

खनालले अहिले देशभरी सशस्त्रको बोर्डर आउट स्थापना भइरहेको र जिल्लामा पनि सशस्त्र प्रहरीको थप पोष्ट स्थापना छिट्टै हुने बताउनुभयाे । दार्चुला सदरमुकाम खलंगामा रहेको गुल्मलाई गण बनाइने छ भने व्यासको छांगरुमा सशस्त्रको गुल्म स्थापना हुने छ। यस्तै लेकमको लाली, मालिकार्जुनको जोलजीवि र व्यासको दुम्लीङमा बोर्डर आउट पोष्ट राख्ने सशस्त्रको तयारी छ।

सशस्त्र प्रहरीले दार्चुलामा भारतसँग सीमा जोडिएका १२५ किलोमिटर र चीनसँग सीमा जोडिएको २० किलोमिटर क्षेत्र सीमा निगरानी गरिरहेको खनालले बताउनुभयाे । “सीमामा बस्ने नागरिकलाई सुरक्षाको अनुभूति हुने गरी सशस्त्र प्रहरी खटिरहेको छ,” उहाँले भन्नुभयाे, “सीमामा बस्ने नागरिकलाई सुरक्षाको प्रत्याभूति हुने विश्वास दिलाउँछौ।” अहिले पनि सीमामा बस्ने नागरिक सन्तुष्ट रहेको भन्दै थप स्रोत साधनले भ्याएसम्म सशस्त्र प्रहरी परिचालन गरिने जानकारी दिनुभयाे ।
सरकारले व्यासमा सशस्त्र प्रहरीको गुल्म स्थापनाको लागि भवन निर्माण गर्न ११ करोड बजेट विनियोजन गरेर टेण्डर अाह्वान भइसकेकाे छ ।

याे पनि पढ्नुहाेस

प्रधानसेनापति र आईजीपीद्धारा व्याँस क्षेत्रको निरीक्षण, सशस्त्र दार्चुलाको भवन उद्घाटन (फाेटाेफिचर)

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?