दार्चुला । मनसुन सुरु भएपछिको एक महिनामा विपद्का घटनामा ८८ जनाको ज्यान गएको छ । ३५ जना बेपत्ता रहेका छन् ।

मनसुनपछिको विपद्ले देशका १९ जिल्ला बढी प्रभावित भएका छन् ।अहिलेसम्म म्याग्दी, सिन्धुपाल्चोक, पर्वत, बझाङ, कास्की, जाजरकोट, पाल्पा, लमजुङ, गुल्मी, झापा, चितवन, सल्यान, कालीकोट, सुर्खेत, गोरखा, स्याङ्जा, बाग्लुङ, डोटी र दार्चुला बढी प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

गएको जेठ ३० गते मनसुन सुरु भएपछिका ३० दिनमा ८८ जनाको ज्यान गएको हो । सबैभन्दा धेरै म्याग्दीमा २७, पर्वत र जाजरकोटमा ९/९, बझाङ र कास्कीमा ७/७ जना, गुल्मीमा ५, पाल्पा र लमजुङमा ४/४ जना, सिन्धुपाल्चोकमा ३ जनाको ज्यान गएको प्राधिकरणको तथ्याङ्क छ । त्यस्तै रुकुम पश्चिम र दार्चुलामा २/२ जना, गोरखा, स्याङजा, बाग्लुङ, डोटी, सल्यान, कालिकोट, सुर्खेत, झापा र चितवनमा एक÷एक जनाले ज्यान गुमाएका छन् ।

सबैभन्दा धेरै भेलपहिरोले क्षति पुर्‍याएको छ । पर्वतको दुर्लुङमा जङ्गल माथिबाट भेलपहिरो खसेको थियो । बझाङ र गुल्मीमा पनि भेलपहिरोले क्षति गरेको प्राधिकरणले जनाएको छ । बझाङ र गुल्मी एक/एक जना बेपत्ता रहेको प्राधिकरणले जनाएको छ । त्यस्तै सिन्धुपाल्चोकमा २०, म्याग्दीमा ४, जाजरकोटमा ५ जना बेपत्ता रहेका प्राधिकरणले जनाएको छ । बझाङको कालंगा र बर्दियाको बबई नदीमा दुई/दुई गरी ४ जना बेपत्ता भएका छन् ।

तराईका विभिन्न जिल्लामा डुबान र कटानको समस्या रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनुभयो । बेपत्ताहरूको खोजी र प्रभावितलाई राहत तथा पुनस्र्थापनको काम भैरहेको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?