दार्चुला । संयुक्त अरब एमिरेट्स यूएईमा लकडाउन अबधिभर ८९ जना नेपालीको ज्यान गएको छ ।गएको चार महिनामा विभिन्न कारणले ८९ जना नेपालीको ज्यान गएको यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ ।
त्यसमध्ये २९ जनाको कोरोनाका कारण ज्यान गएको हो । कोरोनाका कारण ज्यान गुमाउनेमध्ये १ जना महिला र बाँकी २८ जना पुरुष रहेका छन् ।गएको मार्च अन्तिम सातादेखि सुरु भएर जुलाई पहिलो सातासम्ममा (लकडाउन अवधिभर) यूएईमा ८९ जना नेपालीको ज्यान गएको दूतावासले जनाएको छ ।
४२ जनाको अन्त्येष्टि यूएईमै ज्यान गुमाएका ८९ मध्ये ४२ जनाको अन्त्येष्टि यूएईमै गर्न दूतावासले ‘नो अब्जेक्सन’ जारी गरेको छ । यूएईमै अन्त्येष्टिका लागि नो अब्जेक्सन जारी गरेका ४२ जना कोरोनाबाहेक अन्य कारणले ज्यान गुमाएका हुन ।
त्यस्तै कोरोनाको कारण ज्यान गुमाउने २९ जनाको पनि अन्त्येष्टि भइसकेको छ । बाँकी १८ जनामध्ये ११ जनाको शव नेपाल पठाइएको दूतावासले जनाएको छ । बाँकी ७ जनाको शव अझै पनि विभिन्न अस्पतालको शवगृहमा राखिएको छ ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।