दार्चुला- मालिकार्जुन गाउँपालिकाको वडा नं ८ शंकरपुर पस्तीमा पहिरोमा परी २ जना वेपत्ता भएका छन् । मंगलबार विहान ३ बजेतिर घर माथिबाटै खसेको पहिरोमा परेर दुई जना वेपत्ता भएका हुुन् ।

पहिरोमै परेर थप दुई जना वेपत्ता भएका छन् । प्रहरी र सर्वसाधरणले मिदेर पहिरोमा परेका ३५ बर्षिय लक्ष्मी ढोली उनका ९ बर्षिय छोरा शुबम् परियारको जिवितै उद्धार गरेका हुन् ।

यी बाहेक एक जना घर भित्र सुरक्षित रहेको र उनको उद्धार भईरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एवं सुचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो । पहिरोमा परेर घर आशिंक पुरिएको छ ।

परियारलाई सामान्य चोटपटक लागेको प्रहरीले जनाएको छ । घटनामा ढोलीकी छोरी सोनिया घर भित्रै अड्कीएको र उद्धारकार्य भइरहेको बताइएको छ । अरु २ जना अरुण दर्जी र मिलन दर्जीको अवस्था अज्ञात रहेको प्रहरी निरीक्षक जोशीले बताउनुभयो ।

उनिहरु लक्ष्मी ढोलीका भाईहरु भएकाले दिदिको घर भेट्न आएको बुझीएको छ । उद्धारको कार्य भइरहकोले क्षती बारे बिबरण आउन बाकि रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला-२०८१ सम्पन्न (भिडियोसहित)

२०८१ फाल्गुन २२, बिहीबार ०९:२७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?