![](https://lokdarpantv.com/wp-content/uploads/2020/07/darchula-pahiro.jpeg)
दार्चुला- मालिकार्जुन गाउँपालिकाको वडा नं ८ शंकरपुर पस्तीमा पहिरोमा परी २ जनाकाे मृत्यु भएकाे छ । मंगलबार विहान ३ बजेतिर घर माथिबाटै खसेको पहिरोमा परेर लेकम गाउँपालिका ५ घर भएका अन्दाजी २७ वर्षीय अर्जुन दर्जी र २२ वर्षीय मिलन दर्जीको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
उनीहरुको शव घरभिजत्रबाटै निकालिएको हाे । पहिराेमा परि घाइते भएका अन्य तीन जनाकाे जिवितै उद्वार भएकाे छ ।
पहिरोमा परि घर धनी ३५ वर्षीया लक्ष्मी ढोली, ९ वर्षीय छोरा शुभम र १४ वर्षीया छोरी सोनिया घाईते भएका छन्। तीन जनालाई स्थानीय र प्रहरीले घरभित्रबाट जिवितै उद्धार गरेको हाे ।
मृत्यु हुनेहरू लक्ष्मी ढोलीका भाईहरु भएकाले दिदिको घर भेट्न आएको बुझीएको छ । उनीहरु गौरा पर्वको लागि लुगा सिउने कामको लागि शंकरपुर पस्ती आएका हुन्।
घाईते लक्ष्मी र छोरी सोनियाको थप उपचारको लागि हेलिकप्टर मार्फत उद्धारको तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी पदम बहादुर विष्टले जानकारी दिनुभयाे । घाईतेहरुको अहिले शंकरपुर स्वास्थ्य चौकी पस्तीमा उपचार भइरहेको छ। बिहान ३ बजेतिर घरमाथिबाट पहिरो गएको हो।