दार्चुला । आजदेखि लकडाउन हटेको छ । चैत ११ गतेदेखि सुरु भएको लकडाउन गएराति १२ बजेदेखि अन्त्य भएको हो ।

आजदेखि सरकारी कार्यालयहरू सामान्य अवस्थामा जस्तै सञ्चालन गर्ने र गाडीको जोर-बिजोर प्रणाली हटाउने सरकारले निर्णय गरेको छ ।

यस्तै साउन १५ गतेदेखि होटेल, ट्रेकिङ, ट्राभल र पर्वतारोहरण व्यवसाय पनि सञ्चालन हुनेछन् । स्वास्थ्य मापदण्ड पालना गरी भदौ १ गतेदेखि लामो दूरीका सार्वजनिक गाडी तथा हवाई सेवा सुरु गर्ने सरकारले निर्णय गरेको छ ।

यस्तै भदौ १ गतेदेखि भर्ना र रोकिएका परीक्षा सञ्चालन गर्न दिने निर्णय पनि भएको छ । तर, अर्को निर्णय नभएसम्मका लागि स्कुल/कलेजमा पठनपाठन भने गर्न पाइने छैन ।

लकडाउन खुला भए पनि शिक्षण संस्थाहरू, सिनेमा हल, पार्टी प्यालेस, डान्स बार तथा मनोरञ्जनका क्षेत्र, सैलुन-ब्युटीपार्लर तथा स्पा, स्विमिङ पुल, हेल्थ क्लब, समूहमा खेलिने खेलकुद, सभा/भेला, धार्मिक क्षेत्र, पुस्तकालय, सङ्ग्रहालय तथा चिडियाखाना, अन्तर्राष्ट्रिय नाका भने बन्द रहनेछन् ।

लकडाउन अन्त्य गरे पनि स्वास्थ्यसम्बन्धी मापदण्ड कायमै रहेको र त्यसको पालना गर्न सरकारले आग्रह गरेको छ । स्वास्थ्य मापदण्ड पालना गराउन प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी दिइएको छ ।

मापदण्ड उल्लंघन गर्नेलाई संक्रामक रोक तथा स्थानीय प्रशासन ऐनअनुसार कारबाही हुने सरकारले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

महाकाली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, छलफलका विषय हेर्नुहोस

२०८२ बैशाख ७, आईतवार १८:२३

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?