वैदेशिक रोजगारी : १ वर्षमा ६५६ जनाको मृत्यु

दार्चुला । आव २०७६/०७७ वैदेशिक रोजगारीमा विभिन्न देश पुगेका ६ सय ५ जना नेपाली कामदारले ज्यान गुमाएका छन् ।६ सय ३९ पुरुष र १७ महिला गरी ६ सय ५६ पुरुषकाे मृत्यु भएको वैदेशिक रोजगार बोर्ड सचिवालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

अधिकांश कामदारको प्राकृतिक मृत्यु भएको बोर्डले जनाएको छ ।अघिल्लो आवमा वैदेशिक रोजगारीमा विभिन्न देशमा गएका २३ महिला र ७ सय ३० जना पुरुष गरी ७ सय ५३ जना कामदारको मृत्यु भएको बोर्डकाे तथ्यांक छ । यस्ताे संख्या अघिल्लो आवको तुलनामा गत आवमा ९७ जना कम रहेकाे बोर्डका सूचना अधिकारी दीन बन्धु सुवेदीले जानकारी दिए ।सरकारले वैदेशिक रोजगारीका लागि गएका कामदारको मृत्युदर रोक्न प्रयास गरिरहेको उनको बताउनुभयाे ।

बोर्डले वैदेशिक रोजगारीमा गएका कामदारको के कारणले मृत्यु हुन्छ भनेर अध्ययन गरिरहेको सुवेदीले जानकारी दिनुभयाे ।रोजगारीका लागि मलेसिया, साउदी, कतार र कुवेत गएका धेरै कामदारको मृत्यु हुने गरेको बोर्डको तथ्यांक छ । त्यस्तै, वैदेशिक रोजगारीका लागि कोरिया गएका धेरै कामदारले आत्महत्या गर्ने गरेको बोर्डको तथ्यांक छ ।

गत आवमा अङ्गभङ्ग, बिरामी भएर ८ महिला र २ सय ३६ जना पुरुष स्वदेश फर्किएका छन् । यसरी फर्किएका कामदारलाई बोर्डले उपचारका लागि आर्थिक सहयोग गरेको जनाएको छ ।गत आवमा १४ महिला र ६ सय ६५ पुरुष गरी ६ सय ७९ जनाको शव घरसम्म बोर्डले पुर्‍याएको छ ।

यस्तै, ६२ जना समस्यामा परेका कामदारलाई उद्धारका लागि पत्राचार गरेको बोर्डले जनाएको छ ।वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारका १ हजार ६ सय ९९ सय जना सन्तानलाई छात्रवृत्ति उपलब्ध गराएकाे जानकारी पनि बाेर्डले दिएकाे छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?