दार्चुला । काठमाण्डौको सोल्टी दोबाटोमा युवतीलाई एसिड प्रहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

प्रहरी परिसर काठमाण्डौ र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले दुई जनालाई डल्लुबाट पक्राउ गरेको हो ।पक्राउ पर्नेमा डल्लु बस्ने रौतहटको लक्ष्मीपुरका मोहम्मद आलम र अर्का मुन्ना मोहम्मद रहेका महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता इश्वर कार्कीले जानकारी दिनुभयो ।

प्रारम्भिक अनुसन्धानमा प्रेम सम्बन्धका कारण एसिड प्रहार भएको देखिएको पनि उहाँले बताउनुभयो । हिजो बेलुका युवतीमाथि एसिड प्रहार भएको थियो ।

ओलखढुंगा घर भएकी युवतीमाथि सोल्टी दोबाटोमा एसिड प्रहार भएको हो । अहिले उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

उनको दायाँ भागको कपाल, गाला र घाँटीको केही भागमा एसिड परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिएका छौँः नगरप्रमुख नरसिंह चैसीर (अन्तरवार्ता)

२०८० माघ २४, बुधबार १२:३६

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?