
ए बर्खे झरी
यो साल त तिमीले
हिउँदका घाउहरु नपुरिदै
मीठो शीतल दिने
गानाका स्वरकम्पनहरु बजाएर
मेरै धरतीमा चाडै पाइला टेकेछौ
तिम्रा ती शीतल दिने
गानाका स्वरकम्पनहरु सुन्दा सुन्दै
खोला खाेल्साहरुले
यहाँ त घरहरु बगाइ रहे
जमिनहरु बगाइरहे
मानिसहरुको ज्यान लिइ रहे
तिम्रा ती गानाका स्वरकम्पनहरु कस्ता रहेछन
मेरो गाउँमा नानीबाबुहरु हिड्ने
घुम्ती बाटाहरु छैनन
झोलुङ्गे पुलहरु खोलामै पौडी खेल्दैछन
भन त ए बर्खे झरी कसरी जानु हो स्कुल ?
कसरी तर्नु हो खोला ?
कसरी पुग्नु हो कार्यालय ?
के गर्यौ यसो तिमीले ?
रचियता – गोबिन्द डडाल (दुनु)