दार्चुला । व्याँस गाउँपालिका वडा नम्बर १ मा पर्ने छाङरु र तिंकर गाउँका बासिन्दाहरुलाई दार्चुला सदरमुकाम खलंगा आवतजावत गर्नका लागि हेलिकोप्टर सेवाको माग गरिएको छ ।
छाङरु र तिंकर जानका लागि नेपालतर्फ बाटो नभएको र भारतसंग सीमानाका बन्द भएको तथा कालापानी विवादका कारण आवत जावतमा समस्या भएको भन्दै व्याँसवासीकाे तर्फबाट व्याँस गाउँपलिका वडा नम्बर १ काे कार्यालयले सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहलाई ज्ञापन पत्र बुझाएकाे छ ।
मन्त्री शाह दार्चुलाको भ्रमणमा आएका बेला वडाध्यक्ष अशोक सिह बोहरा र साविककाे ब्यास गाविस अध्यक्ष जहेन्द्र सिह ऐतवालले मन्त्री शाहलाई भेटेर सुफत भाडादरमा हवाइ सेवा उपलब्ध गराउन माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।
यहि साउन १९ गते व्याँसीहरुकाे महत्तपूर्ण पर्व जनै पुर्णीमा परेकाेले गाउँमा पुजाआजा गर्नुपर्ने हुदा दार्चुला सदरमुकामबाट गाउँ जान बाटो नभएकाले हेलिकाेप्टर सेवा उपलब्ध गराउन माग गरिएकाे वडाअध्यक्ष बाेहराले बताउनुभयाे । खलंगाबाट छाङरु र तिंकर जानका लागि हवाई मार्ग मात्रै एकमात्र विकल्प भएको अवस्थामा सरकारले नागरिकहरुलाई सहुलियतमा उक्त सेवा उपलब्ध गराउनुपर्ने व्याँसवासीकाे माग छ ।
नेपाली सेनाले विगत एक महिना देखी छाङरु र तिंकर गाउँ जाने बाटो बनाइरहेको भएपनि घाँटिबगर क्षेत्रमा हाल सम्म २८० मिटर मात्रै बाटाे निर्माण भएकाेले गाउँसम्मकाे बाटाे खुलाउन अझै एक महिना समय लाग्ने सैन्य श्राेतले जनाएकाे छ ।
कानुन मन्त्री शाहको टोली छाङरु प्रस्थान, बीओपी, पाेष्ट र बाटाेकाे निरीक्षण गर्ने
विज्ञप्ती हेर्नुहाेस