दार्चुला । गएको वैशाखयता बाढी, पहिरो र चट्याङले देशलाई नराम्ररी प्रभावित बनाएको छ ।प्राप्त विवरणअनुसार वैशाखदेखि यही साउन ९ गतेसम्मका विपदमा १८१ जनाले ज्यान गुमाएका छन् भने अझै ५१ बेपत्ता छन् ।

विपदमा परेर २७८ घाइते भएका छन् । यसपालि सबैभन्दा बढी पहिरोले क्षति गरेको छ । पहिरोका कारण मात्रै १२८ जनाले ज्यान गुमाएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो ।

वैशाखयता पहिराबाट मात्रै १२८ को ज्यान भएको छ, ४४ बेपत्ता छन् । यस्तै ११४ जना घाइते छन् ।

बाढीबाट छ को ज्यान गएको छ, सात बेपत्ता र तीन घाईते छन् ।

चट्याङ लागेर ४७ जनाको ज्यान गएको र १६१ जना घाइते भएका प्राधिकरणले जनाएको छ ।मनसुन शुरु भएको समय ९जेठ ३१० पछि साउन ९ गतेसम्म भने पहिराले धेरै मानिसको ज्यान लियो । त्यसपछि चट्याङले बढी मानवीय क्षति भएको छ ।

सो अवधिमा बाढी, पहिरा र चट्याङका कारण १४१ जनाको ज्यान गुमाएकोमा पहिराले मात्रै १२६ जनाको ज्यान लियो ।बेपत्ता भएका ५१ मध्ये ४४ जना पहिरामै परेका पोखरेलले जानकारी दिनुभयो । बेपत्ताको अहिले पनि खोजी जारी छ । उक्त अवधिमा पहिरामा परेर ११३ जना घाइते भएका प्राधिकरणले जनाएको छ ।

यस्तै बाढीका कारण तीन जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता छन् ।चट्याङ परेर १७ जनाले ज्यान गुमाए भने ४२ घाइते भएको प्राधिकरणले जनाएको छ । पछिल्लो १० वर्षमै मनसुन पछिको उक्त अवधिमा सबैभन्दा बढी पहिराको क्षति भएको पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार यसपालि भेल पहिराले नसोचेको ठाउँमा ठूलो क्षति बनाएकाले त्यस्ता जोखिम ठाउँमा बस्दा वर्षाका बेला सचेत हुनुपर्ने देखिएको छ । मनसुन शुरु भएकै दिन पर्वतमा जेठ ३१ गते नौजना भेल पहिरामा परेर बिते । त्यसपछि पाल्पा, बझाङ, जाजरकोट, कास्की, सिन्धुपाल्चोक, गुल्मी, लमजुङ र म्याग्दीमा ठूला पहिरो खसेर धनजनको ठूलो क्षति भएको हो ।

यसपालि गत असार २५ देखि २९ सम्म र साउन ४ देखि ६ गतेसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षा भएको थियो ।सरकारले विपद्को परेका घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरिसकेको छ ।

यस्तै विपद्मा ज्यान गुमाएका व्यक्तिका परिवारलाई दुई लाख रुपैयाँ दिने र एकै परिवारका अन्य व्यक्तिको पनि ज्यान गएकाे भएमा प्रतिव्यक्ति थप एक लाख रुपैयाँका दरले दिने निर्णय गरिसकेको छ ।

राहत तथा आवास व्यवस्थापनलाई अहिले सरकारले तीव्र रुपमा अघि बढाएको गृहमन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४५ पुग्यो

नेपालमा कोरोना भाइरसबाट थप एक जनाको ज्यान गएको छ ।वीरगञ्जको नारायणी कोरोना विषेश अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएनुभएकी १७ वर्षीया किशोरीमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बाराकी ती किशोरीको हिजो निधन भएको हो भने हिजो नै कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ४५ पुगेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?