दार्चुला । राप्रपाका नेता सुनिल थापासहित ३१ जनाले पार्टीबाट राजीनामा दिएका छन् । पार्टीमा पछिल्लो गतिविधिप्रति असन्तुष्टि जनाउँदै आएका पूर्वमन्त्रीसमेत रहेका नेता थापाले शनिबार पार्टी अध्यत्रयलाई राजीनामा बुझाएका हुन् ।

सैद्धान्तिक र वैचारिक मान्यतामा विचलन देखा पर्दा पार्टी दिशाहिन बन्‍न पुगेको उनीहरुको आरोप छ ।राजीनामा पत्रमा भनिएको, ‘संविधान निर्माणमा निशर्त भूमिका निर्वाह गरेको, संविधानलाई उत्कृष्ट भनी सत्तामा सहभागी भएको अनि आफ्नै ढुलमुले नीतिका कारण जनमत गुमाएपछि संविधानप्रति असहमति जनाउने कार्य अहिले पनि भइरहेको छ ।

स्वार्थ र परिस्थिति अनुकूल विचार सिद्धान्त र दृष्टिकोण परिवर्तन हँदा राप्रपाप्रति आमरुपमा विश्वास समाप्त भएको मात्र छैन, संस्थापकहरुको सपनामा पनि आघात पुगेको छ । राप्रपाको द्वेध मनस्थिति र ढुलमुले दृष्टिकोणका कारण पछिल्लो निर्वाचनमा पार्टीले निराशाजनक पराजय भोग्नुपरेको थियो ।

‘राप्रपा नेता मोहन श्रेष्ठले थापाले पार्टी परित्याग गरेर गम्भीर राजनीतिक भूल गरेको श्रेष्ठले बताउनुभयाे। उहाँले भन्नुभयाे,’उहाँले आफ्‍ना बुवाको विरासतलाई निरन्तरता दिनबाट चुक्नु भएको छ ।

पार्टी छाडेर उहाँले गम्भीर राजनीतिक भूल गर्नुभएको छ ।’थापा राप्रपाका केन्द्रीयस्तरका नेता हुन् ।

नेता थापा कांग्रेस प्रवेश गर्ने चर्चा चलिरहेको छ ।

राजीनामा दिनेहरु

१ सुनिलबहादुर थापा -धनकुटा, उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य एवं पूर्वमहामन्त्री, राप्रपा, (पूर्वमन्त्री उद्योग वाणिज्य)

२ विष्णुविक्रम थापा- सिन्धुपाल्चोक, उच्चस्तरीय कार्य सम्पादन समिति सदस्य, राप्रपा, पूर्व गृहराज्यमन्त्री

३ बाबुराम बस्नेत -भोजपुर, उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य एवं सचिवालय सदस्य, राप्रपा

४ बृजलाल यादव -बारा, उच्चस्तरीय कार्य सम्पादन समिति सदस्य एवं पूर्व सहायक महामन्त्री

५ पदमबहादुर बस्नेत – धनकुटा, केन्द्रीय सदस्य, पूर्वजिल्ला सभापति धनकुटा

६ किरण गिरी- काठमाडौं, केन्द्रीय सदस्य एवं प्रवक्ता, राप्रपा

७ दिलीप राई- झापा, केन्द्रीय सदस्य

८ आशाराम चौधरी- कैलाली, केन्द्रीय सदस्य

९ चन्द्रकुमार घुण्डे गुरुङ- संखुवासभा, केन्द्रीय सदस्य, राप्रपा

१० राज्यलक्ष्मी श्रेष्ठ- नुवाकोट, संविधान सभा सदस्य

११ चतुरमान विश्वकर्मा- झापा, केन्द्रीय सदस्य

१२ राम पदारथ शाह- सर्लाही, केन्द्रीय सदस्य

१३ वीरेन्द्रलाल कर्ण- धनुषा, पूर्वकेन्द्रीय सदस्य

१४ नारायण राउत- भोजपुर, पूर्वकेन्द्रीय सदस्य

१५ इन्द्रबहादुर तामाङ- सिन्धुपाल्चोक, पूर्वजिल्ला अध्यक्ष, जिविस उपसभापति

१६ राजकुमार भट्टराई- सिन्धुपाल्चोक, पूर्वजिल्ला अध्यक्ष, शिक्षक परिषद्

१७ डम्बरबहादुर राई- भोजपुर, महाधिवेशन प्रतिनिधि

१८ माधव पौडेल- सिन्धुपाल्चोक, जिल्ला कार्यसमिति सदस्य

१९ अर्जुनविक्रम थापा- सिन्धुपाल्चोक, पूर्वगाविस अध्यक्ष

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?