कविता “प्रकृति र मानव चोला”

ए प्रकृति म तिम्रै हुँ

किन नौ डाँडाँं पारिको ठान्छौ?

म तिम्रै बगैंचाको एउटा फूल हुँ

जहाँ हजारौ भमरा मेरै माथी डुलिरहन्छ्न

क्षणभर, पलभर तिम्रै स्पर्शमा रमाईरहने

यो साउने झरिमा किन धिक्कार्दै छौ

मै माथी बज्रपात गरेर खनियौ

कयौं मेरै टहराहरु ध्वस्त गरिरह्याैँ

हजारौ हजारलाई तहसनहस बनायौ

सजिएका सारा सपना थालिङग पारि रह्यौ

मैले तिमीसँग हार गुहार मागि रहे

तिमीले भने मानेनौ कि ?

मै माथी खनिएरआफ्नै हो भनी जानेनौ

तिमीमाथी भएको अत्याचार छान्न सकेनौ कि ?

खै आज तिमीले मानव चोला धान्न सकेनौ कि ?

यहाँ गरिब टुहुरा मरिराखेका छन

खान नपाई छटपटाइ रहेका छन

हजारौ घरबार बिहिन भइ

कयौ भुमरिमा परि रहे

तर आज तिमीले धिक्कार्याै

म त्यसै अलपत्रमा परिरहे ।

रचियता : खडकसिंह धामी

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?