दार्चुला । सुदूरपश्चिमको डडेल्धुरा घर भएका सुशील भट्ट लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमानियुक्त भएका छन्।

लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील भट्ट नियुक्त हुनुभएको हाे ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले सीईओमा भट्टलाई नियुक्त गरेको हो ।

भट्ट अहिले राष्ट्रिय योजना आयोगको सदस्य हुनुहुन्छ । लगानी बोर्डमा उहाँको कार्यकाल चार वर्षको हुनेछ । बोर्डका सीईओ नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएपछि याे पद खाली रहेको थियो ।

बोर्डले आवेदन माग गरेको थियो । विभिन्न क्षेत्रका १२ जनाले आवेदन दिए पनि सरकारले सुशील भट्टलाई नियुक्त गरेको हो ।

बोर्डले ६ अर्ब रुपैयाँभन्दा माथिका परियोजना र दुई सय मेगावाटभन्दा माथिको जलविद्युत् आयोजनाको स्वीकृति र सहजीकरण गर्दछ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

महाकाली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, छलफलका विषय हेर्नुहोस

२०८२ बैशाख ७, आईतवार १८:२३

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?