दार्चुला । जिल्ला अस्पताल दार्चुलामा आइतबार राती १ बजे उपचारको क्रममा मृत्यु भएका युवकको पीसीआर रिर्पाेट नेगेटिभ आएको छ ।

व्याँस गाउँपालिका घर भई खलंगामा मोबाइल पशल सञ्चालन गरेका २८ बर्षीय युवा लोकेन्द्र कुवरको श्वासप्रश्वासमा समस्या भएर आइतबार राती मृत्यु भएको थियो ।

मृतक कुवरमा कोरोनाको आशंकामा आरडीटी परिक्षण गर्दा नेगेटिभ आएको थियो भने पीसीआर परीक्षणका लागि स्वाब डडेलधुरा पठाइएको थियो । पीसीआर रिर्पाेट समेत नेगेटिभ आएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।

कोरोनाको आशंकामा मृतकको शब मंगलबारसम्म अस्पतालमै राखिएको थियो । रिर्पाेट आइसकेकाले दाहसंस्कारका लागि शब आफन्तको जिम्मा लगाइएको छ ।

याे पनि पढ्नुहाेस

दार्चुला अस्पतालमा श्वासप्रश्वासका एक विरामीको मृत्यु

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

शक्तिशाली लटिनाथ मन्दिर जयपुरमा बृहत नवमी जात्रा, धार्मिक महिमा र जात्रा विशेष (भिडियो)

२०८२ कार्तिक १३, बिहीबार १८:२५ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?