दार्चुला । सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार ८९० पुगेकोमा तीन हजार ६६२ जना डिस्चार्ज भइसकेका छन् । प्रदेशभरीमा सक्रिय संक्रमितको संख्या एक हजार दुई सय २८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सुदूरपश्चिममा बिहिवार नौँ जनामा कोरोना पुष्टि भएसंगै संक्रमितको संख्या चार हजार ८९० पुगेको हो ।
अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार दुई सय ४९ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै डोटीका सात सय ८४, अछाममा सात सय २९, बाजुराका ६ सय २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कञ्चनपुरका पाँच सय ७०, डडेल्धुराका तीन सय नौ, बैतडीका तीन सय १९, बझाङका दुई सय ९३ र दार्चुलाका ४२ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएका तीन हजार चार सय डिस्चार्ज भएर घर फर्किएका छन् भने नौँ जनाको मृत्यु भईसकेको छ।
सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट बिहिवार थप दुई सय ७१ कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
योसंगै सुदूरपश्चिममा कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या तीन हजार ६ सय ६२ पुगेको छ। सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि कैलालीका ८ सय ७७, डोटीका पाँच सय ७०, अछामका पाँच सय ५६, कञ्चनपुरका पाँच सय १७, बैतडीका तीन सय तीन र डडेल्धुराका दुई सय ८८ जनालाई डिस्चार्ज गरिएको छ। बाजुराबाट चार सय ३१, बझाङबाट एक सय सात र दार्चुलाबाट २६ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ ।
सुदूरपश्चिममा ६५ जना संक्रमतिको विभिन्न अस्पतालमा उपचार भईरहेको छ । अन्य संक्रमित भने स्थानीय तहको आईसोलेसन र घरमा रहेका छन्।
याे पनि पढ्नुहाेस
दार्चुला र बैतडीमा संक्रमितकाे संख्या ३६२ पुग्याे, ३२ जना आइसोलेसनमा, मार्मामा निशेधाज्ञा