दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाका तीन जना र मार्मा गाउँपालिकाका दुई जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मालिकार्जुनका २५, २७ र ३५ बर्षीय पुरुष र मार्मा गाउँपालिका वडा नम्बर ३ का ३६ र २७ बर्षीय पुरुषमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हेमराज पाण्डेले जानकारी दिनुभयो ।

मंगलबार पाँच जना संक्रमित थपिएसंगै दार्चुलामा कोरोना संक्रमितको संख्या ४८ पुगेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

साउन २२ गते थ्रोट स्वाबको नमुना संकलन गरिएका १८९ जनामध्ये मंगलबार पाँच जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

याे पनि पढ्नुहाेस

दार्चुलामा आठ स्थानीय तहका १८८ जनाको स्वाब संकलन

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?