काठमाण्डाै । उच्च अदालत पाटनले सुशील भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रुपमा काम गर्न रोक लगाएको छ ।

न्यायाधीश नकुल सुवेदीको इजलासले भट्टलाई लगानी बोर्डको सीईओकाे रुपमा नियुक्त गर्ने निर्णय कार्यान्वयन नगराउन आदेश दिएको पाटन उच्च अदालतका प्रवक्ता शम्भु रेग्मीले उज्यालोलाई जानकारी दिनुभयो । अदालतले ३२ गतेसम्मको लागि यो आदेश दिएको हो ।

नियुक्तिको कारणबारे बुझ्न अदालतले ३२ गते सरकारी प्रतिनिधिलाई बोलाएको छ । त्यसपछि यो रिटको अन्तिम निर्णय हुनेछ ।

लगानी बोर्डको सीईओमा नियुक्तिको लागि योग्यता नपुगेको भन्दै अधिवक्ता जयबहादुर भुजेलले पाटन उच्च अदालतमा रिट निवेदन दिनुभएको थियो ।

साउन १९ गतेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहेका सुशील भट्टलाई लगानी बोर्डको सीइओ नियुक्त गरेको थियो ।

कैयौँ आयोजना अलपत्र पारेको र कालोसूचीमा परेका ठेक्कामा भट्टको संलग्नता रहेको भन्दै चौतर्फी आलोचना भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?