दार्चुला । गएको आर्थिक वर्षमा नेपाल विद्युत् प्राधिकरणको नाफा ११ अर्ब रुपैयाँ नाघेको छ । गएको आर्थिक वर्ष २०७६/०७७ मा प्राधिकरणले ११ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ ।

अघिल्लो प्राधिकरणले नौ अर्ब ८१ करोड नाफा कमाएकोमा एकैवर्ष झण्डै एक अर्ब २५ करोड रुपैयाँ धेरै नाफा थपिएको प्राधिकरणले जनाएको छ ।त्यस्तै प्राधिकरण अब सञ्चित नाफामा पनि गएको छ । प्राधिकरणले गएको आर्थिक वर्षमा चार अर्ब सात करोड रुपैयाँ सञ्चित नाफा कमाएको हो ।

सरकारले आर्थिक वर्ष २०६७/०६८ सम्मको सञ्चित घाटा झण्डै २७ अर्ब रुपैयाँ अपलेखन गरिदिएपछि प्राधिकरण घाटामा गइरहेको थियो । आर्थिक वर्ष २०७२/०७३ मा ३४ अर्ब ६१ करोड रहेको सञ्चित घाटालाई त्यसपछिका आर्थिक वर्षमा निरन्तर घटाएर प्राधिकरण गएको आर्थिक वर्षबाट मुनाफा कमाउन सफल भएको हो ।

आर्थिक वर्ष २०७२/०७३ मा आठ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षमा निरन्तर नाफामा छ । प्राधिकरणले २०७३/०७४ मा एक अर्ब ४७ करोड, २०७४/०७५ मा दुई अर्ब ८५ करोड र २०७५/०७६ मा नौ अर्ब ८१ करोड मुनाफा कमाएको थियो ।

प्राधिकरण अब सञ्चित मुनाफामा पनि गएको छ । दुई वर्षदेखि प्राधिकरण सबैभन्दा बढी नाफा कमाउने सार्वजनिक संस्थान बन्दै आएको छ ।

नेपाल विद्युत् प्राधिकरणको नेतृत्व सम्हालेका कार्यकारी निर्देशक कुलमान घिसिङको चुस्त व्यवस्थापनका कारण प्राधिकरणले देशलाई लोडसेडिङमुक्त बनाएको छ भने नाफामा पनि निरन्तर वृद्धि गर्दै गइरहेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?