कोरोना परीक्षणमा मात्रै तीन अर्ब १८ करोड बढी खर्च

दार्चुला ।    गत माघबाट नेपालमा देखिएको कोरोना भाइरसका संक्रमित पत्ता लगाउने क्रममा सरकारले हालसम्म ३ अर्बभन्दा धेरै खर्च भइसकेको जनाएको छ ।

कोभिड(१९ (कोरोना) जाँचमा मात्रै यति धेरै खर्च भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले शुक्रबारको नियमित मिडिया ब्रिफिङमा यस्तो जानकारी दिनुभयो ।

गौतमका अनुसार ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ ल्याब टेस्टमा मात्रै खर्च भएको हो ।’ल्याब टेस्टमा मात्रै ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ सरकारले खर्च गरिसकेको छ’, गौतमले भने, ’यो खर्च भनेको हालसम्म भेटिएका ३० हजार ४८३ जना पोजेटिभ पत्ता लगाउन भएको हो।

अहिलेसम्म सरकारले एउटा टेस्ट पोजेटिभ पत्ता लगाउन प्रतिव्यक्ति एक लाख ४ हजार ६ सय ३० रुपैयाँ खर्च गरिरहेको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?