दार्चुला। पार्टीभित्रको विवाद समाधानका लागि सुझाव पेश गर्न बनेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ६ सदस्यीय कार्यदलले प्रतिवेदन बुझाएको छ ।

कार्यदलले आफ्नो प्रतिवेदन सर्वसम्मत तयार गरेर दुई अध्यक्षलाई बुझाएको प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

प्रतिवेदनबारे दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुने र त्यसपछि सचिवालय बैठकमा पेश गरिने कार्यदलले जनाएको छ ।

प्रतिवेदनमा अध्यक्ष ओलीले पुरै ५ वर्ष सरकार चलाउने र अर्का अध्यक्ष प्रचण्डले पार्टी सञ्चालन गर्ने लगायत सुझाव समेटिएका छन् ।विवाद समाधानका लागि सुझाव तयार पार्न भन्दै ८ दिनअघि गएको साउन ३० गते कार्यदल गठन भएको थियो ।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा रहेको कार्यदलमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल गरी ६ जना सदस्यहरु रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

टिंकरमा सशस्त्रको बिओपीः नेपालीमाथि दुर्व्यवहार, भारतीय प्रशासनद्धारा गल्ती स्वीकार

२०८० भाद्र २८, बिहीबार २०:३१

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?