काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शनिबार सचिवालय बैठक बोलाएको छ ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको भेटवार्तामा १३ गते शनिबार सचिवालय बैठक बोलाउने सहमति भएको हो । बैठकमा पार्टीमा देखिएको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलको प्रतिवेदनमाथि छलफल हुनेछ ।

कार्यदलले प्रतिनिधिसभाको बाँकी कार्यकालभर ओली नै प्रधानमन्त्री रहने र पार्टी सञ्चालन अर्का अध्यक्ष प्रचण्डले गर्ने गरी शनिबार आफ्नो प्रतिवेदन बुझाएको थियो ।

यस्तो छ नेकपा कार्यदलको प्रतिवेदन

पार्टीभित्रको विवाद समाधानको लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको कार्यदलले  बुझाएको प्रतिवेदनको पूर्णपाठ सार्वजनिक भएको छ ।

प्रतिवेदनमार्फत कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको कार्यविभाजन गएको मंसिर ४ गतेको सहमतिलाई आधार मानेर गर्नुपर्ने सुझाव दिएको छ । ओलीले प्रतिनिधिसभाको पूर्ण कार्यकालभर सरकारको नेतृत्व गर्ने र प्रचण्डले पार्टी सञ्चालन गर्ने गरी अघि बढ्न  सुझाव दिइएको छ।

मंसिर ४ गतेको सहमतिमा पनि ओलीले ५ वर्ष सरकार सञ्चालन गर्ने र प्रचण्डले पार्टी सञ्चालन गर्ने भनिएको थियो । पार्टी विवाद अन्त्यसम्बन्धी प्रस्ताव तयार पार्न गठित कार्यदलले कोभिड-१९ महामारीको रोकथाम, नियन्त्रण, उपचार र आर्थिक पुनरुत्थानमा ध्यान केन्द्रीत गर्न पनि सरकारलाई सुझाव दिएको छ ।

महामारीले सिर्जना गरको चुनौतीको सामना, सीमा समस्याको समाधान, चुनावी घोषणापत्रको कार्यान्वयन र पार्टी तथा सरकारका तर्फबाट गरिएका सार्वजनिक प्रतिवद्धताको कार्यान्वयनजस्ता विषयमा काम केन्द्रीत गर्न कार्यदलले सरकारलाई सुझाव दिएको छ ।

कार्यदलले बुझाएको प्रतिवेदनको पूर्णपाठ हेर्नुहोस् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला-२०८१ सम्पन्न (भिडियोसहित)

२०८१ फाल्गुन २२, बिहीबार ०९:२७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?