म निर्मला पन्त !

सुनिदेउ मेरो बिन्ती

सुनिदेउ मेरो पुकार,

चिच्याउदै छ्न्न मेरा तस्वीर हरु

माटोमा पुरिएका छ्न मेरो सपनाहरु

जीउँदै मरेका का छन मेरा बा आमाकाआसाहरु

म मरे कि हैन, म त मारिएकि हु !

 

म, त मारिए, तर कसरी मार्न्न सक्छौ

न्याय मागिरहेको मेरो यो आत्मालाई

मेरो आत्मा त्यो उखु बारीबाट चिच्याई रहेको छ

जहाँ ती बलात्कारि ले मेरो अस्तित्व लूटि मारी फालेको थिए

सरकार मलाई मुक्ती चाहिएको छ

जब सम्म मेरो हत्यारालाई सजाय दिइने छैन

तब सम्म मेरो आत्मा तड्पि रहनेछ

तब सम्म मेरो आत्मा भौतारि रहेनछ

तब सम्म मेरो आत्मले शान्ति महसुस गर्न छैन

तब सम्म मेरो आत्माले न्यायको भिक मागिरहने छ!

तब सम्म मुक्तिको आवश पाउने छैन ।

 

मलाई न्याय दे सरकार

मलाई मुक्ति दे सरकार

मेरो अँखा अगाडि ति बलात्कारि

गल्ली, गल्ली, सडक, सडकमा

स्वतन्त्रताका साथ खुला रुपमा हिडिरहेका छ्न!

तर सरकार किन मौन ?

भोलि म जस्तै हजारौं निर्मला पन्तको जन्म हुनेछ

अनि लुटिने छ अस्तित्व!

सरकार त्यो रमिता हेरिरहने छ ।

 

सुनेकी थिए कानुन अन्धो हुन्छ

तर आज देखे पनि कानुन साच्चिकै अन्धो रहेछ

म प्रश्न सोध्न चाहन्छु मन्दिरमा बस्ने भगवान सङ्ग

तिमिले मेरो अस्तित्व लुटि रहदा पनि हेरेर बस्यौ,

के तिमी साच्चिकै ढुङ्गाको मुर्ति नै हो?

यदि ढुंगाको मुर्ति नि थियौ भने किन पुजे मैले तिमिलाई ?

म यो प्रकृति जवाफ माग्न चाहान्छु

म तिम्रै काख मा लुटिदा पनि लाचार बनी किन हेरि रह्याैँ

यति चुपचाप हेर्नु नै थियो भने मलाई

छोरीका रुपमा जन्म किन दियौ ?

नत मलाई भगवानले जवाफ दिन सक्छन्,

न त प्रकृतिले नै

तर सरकार तिमी किन मौन ?

तिमि त बोल्न सक्छौं ?

तिमिले त मलाई न्याय दिन सक्छौं ?

खै त तिम्रो न्याय ?

के सरकार तिमी पनि लाचार छौ ?

खै त एक बा का आसु पुछिएको?

खै त एक आमाको ममताले न्याय पाएको?

तिमिले लुटिने लाई हैन, लुट्टन्ने लाई न्याय दिदो रहेछौ !

 

जब सम्म तिम्रो छोरी लुटिने छैन

तिमि पैसामा नै बिक्न्ने छौँ

जब तिम्रो छोरी, म जस्तो लुटिने छन्

तब तिम्रो मन मेरो बा आमा जस्तै हुनेछ

अनि बुझ्ने छौ, छोरी लुटिनु को पिडा

अनि तिमि पक्कै न्याय का लागिलड्ने छौ !

 

कस्तो लाज मर्दो कुरा

जुन देशमा आमा राष्ट्रिपति,

जुन देशमा आमा न्यायाधीश

उसै देशमा छोरीहरुको इज्जत लुटिएका छ्न

अनि न्याय? न्याय गर्न्ने न्यायाधीश

कागजले बनेका नोटमा बिकिरहेका छन !

 

सायद न्याय नपाएरै होला

मेरो देशलाई सतिले सरापेकाे

सायद न्याय नपाएरै होला

मेरो देशमा आमा र छोरीहरु हेपिएकाे

यदि मेरो पुन:जन्म हुन्छ भने

म भगवान सङ हात जोडी बिन्ती गर्छु

मलाई छोरि भएर जन्म हुनु भनि बर्दान न देउ

मलाई त एक हिजडा(किन्नर)होस् भनेर बर्दान देउ

ताकी म जताततै स्वतन्त्रता मा हिंड्न सकु

ता कि म स्वतन्त्रतामा जीवन जिउन सकु

कम्तिमा मेरो अस्तित्व बचिरहने छ

कम्तीमा म बलात्कारि सिकार हुन बाट तबचिरहने छु !

#justice nirmala pant

न्याय नपाएको हैन , न्याय नदिएको हो!

एक आवाज निर्मला पन्तको !- सब्द : जानकी जोशी, धनगडी,कैलाली

प्रतिक्रिया

सम्बन्धित खवर

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?