तिमी भन्छौ नि तस्बिर बोल्छ भनेर ,
के साच्ची तस्बिर बोल्छ नै ?
सुनेका छौ , तस्बिर बोलेको ?
साच्ची नै तस्बिर बोल्ने भए,
कति फरक हुन्थ्यो होला है

म सोच्छु बेला बेला यदि तस्बिर बोल्ने नै भए ,
भित्तामा झुन्डिएको ती तस्बिरहरुले के भन्थे होला ?
भितामा झुन्डिएर , फुलले ओडिएर ,
न्याय पर्खिरहेकी निर्मलाको तस्बिर पनि बोल्थ्यो होला नि !
अनि भन्थ्यो होला ,
भो नचडा तैले मेरो तस्बिर माथी फुल अनि अबिर ,
म चाहादिन मेरो हत्यारा ले नै
मेरो तस्बिर माथी फुल अनि अबिर चढाएको ।

भन्थिन होलि , प्रहरी प्रशासन अनि सरकार लाई ,
भो नदेउ मेरा आमा बालाई न्यायको खोक्रो आश्वासन ,
जसले मेरा अपराधिलाई बचाउन भित्र भित्र न्याय कानुन बेचिरहेका छौ ।
उन्को भितामा लगाईएको तस्बिर बोलिरहेको छैन ।

रोईरहेको छ फोटो को फ्रेम भिज्ने गरि,
सधै सधै
यो सरकार आँखा भएर पनि अन्धो छ
यो सरकार कान भएर पनि बहिरो छ
लाग्छ मलाई यो सरकार पुरै अपाँग छ ।

    सरकार पुरै अपाङ्ग छ  !- सब्द : युवराज ज्ञवाली
                             पाल्पा, तान्सेन

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला-२०८१ सम्पन्न (भिडियोसहित)

२०८१ फाल्गुन २२, बिहीबार ०९:२७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?