दार्चुला। सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको टोलीले बाढी, पहिराे जस्ता विपद्ले निम्त्याएकाे क्षतीकाे स्थलगत निरीक्षण गरेकाे छ । टाेलीले विभिन्न स्थानीय तहमा स्थलगत निरीक्षण गर्नुका साथै विपद्का विषयमा सराेकारवालाहरुसंग छलफल समेत गरेकाे छ ।

दार्चुलावाट निर्वाचित प्रदेश सभा सदस्य गेल्बुसिहं बाेहराका अनुसार, अनुगमन निरीक्षणका क्रममा दार्चुला पुगेको पूर्व सामाजिक विकास मन्त्री एवं प्रदेश सभा सदस्य दीर्घ सोडारी नेतृत्वकाे टाेलीले पत्रकारहरुसंग समेत छलफल गरेकाे छ ।

उक्त टाेली सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा बाढी पहिरोले पुर्याएकाे क्षतीकाे अवलोकन निरीक्षणका क्रममा डडेल्धुरा, बझाङ, बैतडी हुदै दार्चुला पुगेकाे सासंद बाेहराले बताउनुभयाे । टाेलीले विभिन्न स्थानीय तहमा स्थलगत निरीक्षण गरेकाे र जिल्लाभरीकाे अवस्थाबारे सराेकारवालाहरुबाट जानकारी र सुझाब संकलन गरिएकाे प्रदेश सभा सदस्य महेश जाेशीले बताउनुभयाे ।

यसैबिच व्याँस गाउँपालिका–३ तुसरपानीका बाढी र पहिरोका कारण विस्थापित भएका ३४ घरपरिवारको पुर्नःस्थापनाका लागी सुदुरपश्चिम प्रदेश अर्थ विकास तथा स्रोत समितिलाई सिफारिस गरिएको छ ।

प्रदेश सरकार मार्फत संचालनमा रहेका योजनाहरु अनुगमन गर्न दार्चुला पुगेको सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको टोलीलाई वडा अध्यक्ष उपेन्द्र सिंह धामीले बाढी र पहिरोका कारण विस्थापित तुसरपानीका ३४ घरपरिवारको पुर्नःस्थापनाका लागी समितिका अध्यक्ष दिर्घ सोडारीलाई सिफारिस साथ अनुरोध पत्र बुझाउनु भएको हो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?