दार्चुला। दार्चुलामा शनिबार थप दुई जनामा कोरोना पुष्टि भएको छ ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा दार्चुलाको महाकाली नगरपालिकाका दुई जनामा कोरोना पुष्टि भएको हो ।

महाकाली नगरपालिकाका  १९ र २१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएकाे छ । याे संगै दार्चुलामा संक्रमितकाे संख्या ५० पुगेकाे छ ।

यस्तै सुदूरपश्चिमका थप ४९ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ सय ८५ जनाको कोरोना परीक्षण भएकोमा ४९ जनामा संक्रमण पुष्टि भएको छ ।

अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालले बझाङका २६ जना, बैतडीका २१ जना र दार्चुलाका २ जनामा संक्रमण पुष्टि भएको बताउनुभयाे ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

शक्तिशाली लटिनाथ मन्दिर जयपुरमा बृहत नवमी जात्रा, धार्मिक महिमा र जात्रा विशेष (भिडियो)

२०८२ कार्तिक १३, बिहीबार १८:२५ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?