दार्चुला । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा आएको बाढीले बगाउदा छ जनाको ज्यान गएको छ ।

अरिवरल वर्षासँगै राति आएको बाढीले घर कम्तिमा १० घर बगाउँदा करिब १३ जना सम्पर्क बिहिन बनेको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताउनुभयो ।

बाढीले बगाएका ६ जनाको शव फेला परेको र हराईरहेका हरुको खोजि कार्यजारी रहेको उहाँले जानकारी दिनुभयाे । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो ।

प्रमुख जिल्ला अधिकारी न्यौपानेले घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो ।

बस्ती सानो भएका कारण मानिसलाई खोलाले नै बगाएको अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

टिंकरमा सशस्त्रको बिओपीः नेपालीमाथि दुर्व्यवहार, भारतीय प्रशासनद्धारा गल्ती स्वीकार

२०८० भाद्र २८, बिहीबार २०:३१

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?