दार्चुला । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा आएको बाढीले बगाएका ११ जनाको शव भेटिएको छ ।

प्रहरीका अनुसार हालसम्म अहिलेसम्म ७ जना पुरुष र ४ जना महिलाको शव भेटिएको छ ।

दुई महिलाको शव संगै रहेको गुल्मी जिल्लाको मुसीकोटमा भेटिएको हो ।

अझै धेरै जना बेपत्ता रहेको घटनास्थलबाट प्रहरी इन्सपेक्टर प्रकाशसिंह भण्डारीले हामीलाई जानकारी दिनुभयो ।

बाढीमा कम्तिमा २३ वटा घर बगाएको छ । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो ।

बाढीले क्षति गरेको क्षेत्र ठूलो भएकाले अझै जनधन र भौतिक क्षति भएको हुन सक्ने उहाँले बताउनुभयो ।

बाढीले एक स्वास्थ्य चौकी, एक विद्यालय, एउटा झोलुङ्गे पुल बगाएको छ ।

साथै बाढीले त्यहाँको सडक र दर्जनौ सवारी साधन पनि बगाएको उहाँले बताउनुभयो । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

शक्तिशाली लटिनाथ मन्दिर जयपुरमा बृहत नवमी जात्रा, धार्मिक महिमा र जात्रा विशेष (भिडियो)

२०८२ कार्तिक १३, बिहीबार १८:२५ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?