दार्चुला । काभ्रेको नमोबुद्ध नगरपालिका– ८ गैंडापाटी (अधिकारी थुम्का) की एक महिलाको आज बिहान हत्या भएको छ ।

४० वर्षीया सुदर्शन अधिकारीले अन्दाजी ३६ वर्षीया भाई बुहारी रन्जना तिमल्सिना अधिकारीलाई आज बिहान बन्चरो प्रहार गरी हत्या गरेका हुन् ।

रन्जना दाप्चामा रहेको डराउनेपोखरीमा स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी हुन् ।

घाँटीमा बन्चरो प्रहार हुँदा रञ्जनाको घटनास्थलमा मृत्यु भएको वडा नम्बर ८ का वडासदस्य मनोज अधिकारीले जानकारी दिनुभयो । घटना लगत्तै प्रहरीले सुदर्शनलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?