दार्चुला। ललितपुरमा ट्राफिक प्रहरीका जवानमाथि निर्घात कुटपीट  गरेका अभियोगमा ९ जना पक्राउ परेका छन् ।

पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपपछि युवाहरुको समूहले ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि निर्घात कुटपिट गरेको थियो । त्यसमा संलग्न रहेको देखिएका व्यक्तिहरुलाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले बताउनुभयाे ।

प्रशासनले निषेधाज्ञा लागू गरेको वेला युवाले विना अनुमति रथ तानेका थिए । त्यसलाई रोक्न ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले प्रहरीलाई निर्देशन दिएका थिए ।

पक्राउ परेका व्यक्तिलाई अहिले क्वारेन्टिनमा राखिएको छ । उनीहरुको पिसीआर जाँच गरेर कानुनी कारबाही अघि बढाइएने एसएसपी राईले बताउनुभयाे।

पक्राउ परेका व्यक्तिविरुद्ध अभद्र व्यवहारको कसूर अन्तरगत मुद्दा चलाउने तयारी गरिएको जनाइएको छ ।

यी हुन् पक्राउ पर्नेहरू

१) लपु मनपा वडा १६ गावाहाल, बर्ष ४० को महेश बज्राचार्य
२) ऐ वडा ११ बंगलामुखी, बर्ष ३९को पृथ बिन्दु महर्जन
३) ऐ वडा २१ बस्ने बर्ष ३८ को अशोज कुमार महर्जन
४) ऐ वडा ६ बस्ने बर्ष ३६ को रवि शाक्य
५) ऐ वडा १६ बस्ने बर्ष ४० को रविन शाक्य
६) महालक्ष्मी नपा वडा १ इमाडोल बस्ने बर्ष ४३ को सुविन शाक्य
७) ऐ इमाडोल को ध्रुवराज बज्राचार्य,
बर्ष ४७
८) भक्तपुर ठिमी-८, बर्ष ३२ को श्याम श्रेष्ठ
९) का. जि. कामनपा वडा १६ बस्ने बर्ष ४० को यादवलाल कायस्थ

प्रतिक्रिया

सम्बन्धित खवर

 

शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिएका छौँः नगरप्रमुख नरसिंह चैसीर (अन्तरवार्ता)

२०८० माघ २४, बुधबार १२:३६

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?