दार्चुला । दार्चुलाको शैल्य शिखर नगरपालिका र मार्मा गाउँपालिकाका एक दर्जन ठाउँहरुमा निषेधाज्ञा जारी  गिरएकाे छ  ।

शुक्रबार बेलुकी साढे छ बजे देखि लागु हुने गरि अर्काे सुचना जारी नभए सम्मका लागी नगरपालिकाका वडा नम्बर ९ को गोकुलेश्वर बजार र बजारको पश्चिममा रहेको जगतपुरी धाम, उत्तरमा भोलिया इलाका प्र्रहरी कार्यालय मोड, दक्षिणमा चमेलिया नदिको पक्की पुल सिल गिरएकाे छ ।

यस्तै कठपते, गाजरी, धारीगाड खोला, वडा नम्बर ३ को कर्कले देखी उत्तर सुन्दरपुर सम्मको लुइटा र ओसप गाउँ सिल गर्ने निणर्य भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

त्यस्तै मार्मा गाउँपालिकाको वडा नम्बर २ र ३ को लटिनाथ बजार क्षेत्र, बिटुले, भैसिबगर, चिउरानी, सिमार, सेलविसा, र वडा नम्बर १ को पारीबगर, वडा नम्बर ४ को वडा कार्यालय र स्वास्थ्य चौकी आसपासको रेला बजार क्षेत्र पनि सिल गरिएको प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले जानकारी दिनुभयो ।

कोरोना पुष्टि भएका मार्मा गाउँपालिकामा कार्यरत चिकित्सक भदौ १८ गते शैल्यशिखर नगरपालिका स्थित गोकुलेश्वर अस्पतालमा विरामीको अवस्था बुझ्न गएकाले कोरोनाको सम्भावित संक्रमणको खतरालाई मध्यनजर गर्दै नगरका आधा दर्जन ठाउँहरु शिल गरिएका हुन ।

शैल्यशिखरस्थित गोकुलेश्वर अस्पतालमा सेवा प्रदान गर्दै आउनुभएका चिकित्सक भदौ चार गते लटिनाथ स्वास्थ्य चौकीमा नियुक्त हुनुभएको थियो । उहाँको सम्पर्क बढि व्यक्तिमा पुगेको हुन सक्ने भन्दै प्रशासनले दुवै स्थानीय तहमा अर्को सूचना नभएसम्मको लागि निषेधज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलद्धारा हस्ताक्षतिर विज्ञप्तीमा उल्लेख छ ।

यस्तै मार्मा गाउँपालिकामा कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै बजार क्षेत्रका पसल तथा होटलहरुमा अनिवार्य सेनिटाइजरको प्रयोग गर्न मार्मा गाउँपालिकाले आग्रह गरेको छ । मार्मा गाउँपालिकामा शुक्रबार बसेको सर्वपक्षीय बैठकले सो निर्णय गरेको हो ।

बैठकले गाउँपालिकाभरीका बजारहरुमा व्यापारीहरुले आ आफ्नो पसलमा सेनिटाइजरको अनिवार्य प्रयोग गर्ने, व्यापारीक कारोबार गर्दा ग्राहकसँग सामाजिक दुरी कायम गरी कारोबार गर्न बैठले आग्रह गरेको मार्मा गाउँपालिका अध्यक्ष जमन सिह धामीले जानकारी दिनुभयो ।

यस्तै होटल तथा पसलमा कारोबार गर्दा डोरीको छेकबार लगाउन, व्यापारी र ग्राहकले अनिवार्य मास्क प्रयो गर्ने, तथा मास्क नलगाएका ग्राहकसँग कारोबार नगर्न नगराउन बैठकले आग्रह गरेको उहाँले बताउनु भयो ।

भदौ १४ गते जिल्लाको मार्मा गाउँपालिकामा ४१ जनाको स्वाब संकलन गरिएको थियो जसमा मार्मा गाउँपालिकाको लटिनाथ स्वास्रथ्य चौकीमा कार्यरत चिकित्सको पिसिआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय दार्चुलाका कोभिड सम्पर्क व्यक्ति विरेन्द्र राज भट्टले बताउनुभयो ।

 

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला सुरु: धार्मिक, सांस्कृतिक, व्यापारीक दृष्टिकोणले प्रशिद्ध

२०८२ फाल्गुन ३, आईतवार ०७:५० गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?