दार्चुला । दार्चुलाको घाटिबगर क्षेत्रमा घोेरेटो बाटो निर्माणमा संग्लन एक जना मजदुरको ढुंगा लागेर मृत्यु भएको छ ।

शुक्रबार बेलुकी ५ बजेतिर घाटिबगर क्षेत्रमा बाटो खन्ने क्रममा माथिबाट खसेको ढुंगा लागेर गम्भीर घाईते भएका व्यास गाउँपालिका ५ धौलाकोटका ३७ वर्षीय दिवानसिह धामीको जिल्ला अस्पताल दार्चुला ल्याउदै गर्दा बाटोमै ज्यान गएको हो ।

घाईते धामीलाई साढे सात बजे नेपाली सेनाको हेलिकप्टरमार्फत जिल्ला अस्पताल पुर्याइए पनि उनको बाटोमै मृत्यु भइसकेको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले बताउनुभयो ।

धामीको बाटोमै मृत्यु भईसकेकोले अस्पता पुर्याउने वित्तिकै डाक्टरले मृत घोषित गरेका थिए ।

अध्यारो भइसकेको कारण घाइते धामीलाई उपचारको लागी अन्य ठाउँ लैजान नसकिएको दुर्गादल गुल्मका गुल्मपति विक्रमदेव थापाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

टिंकरमा सशस्त्रको बिओपीः नेपालीमाथि दुर्व्यवहार, भारतीय प्रशासनद्धारा गल्ती स्वीकार

२०८० भाद्र २८, बिहीबार २०:३१

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?